नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
सोलुखुम्बु – लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना हुँदा ज्यान गुमाएका ३ जनाको सनाखत भएको छ । अन्य चार जना घाइते छन् ।
घाइते हुनेमा विमान र हेलिकोप्टरका पाइलट छन् । बिहान ९ बजेर १० मिनेटमा काठमाडौंका लागि उड्न लागेको विमान दुर्घटना भएको हो ।
समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घटना भएको थियो । विमान दुर्घटनामा विमानका कोपाइलट सुजित ढुंगाना र धावनमार्गमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको ज्यान गएको हो ।
विमान दुर्घटनाबाट घाइते भएका प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौं पु¥याइएको थियो । उनको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।