मुक्तक

 शनिबार, बैशाख ७, २०७६ | onlinenews

मुक्तक–१

अदालतको फैसला मान्न छोडेर !
हरे राम लेखेको पहेँलो बस्त्र ओडेर !
मठ–मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,
रक्षा गर भगवान भन्दै दुई हात जोडेर !!

मुक्तक–२

देशको लागि सिन्कोसम्म नभाँचेरै बसेपछि ।
सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि ।
देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए,
गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि ।।

मुक्तक–३

सुन गुमाएर नुन पाउनुको के अर्थ ?
राष्ट्रियताको गीत गाउनुको के अर्थ ?
देशको तालाचाबी पराइलाई सुम्पिएर,
दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ??

मुकुन्द कृष्ण थापा (खोटाङ)

(मुकुन्द कृष्ण थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् ।)

प्रतिकृया

Add