खनियापानीमा वृहत सरसफाई अभियान

 बुधबार, बैशाख १८, २०७६ | onlinenews
Share this

रामेछापः सुनापती गाउँपालिका–५ खनियापानीमा वृहत सरसफाइ अभियान सुरु गरिएकोे छ । व्यक्तिगत, घरायसी, सामुदायिक र वातावरणीय सरसफाइका लागि नमूनाको रुपमा भिरकोटबाट अभियान सञ्चालन गरिएको हो ।
सचेतना महिला वचत तथा ऋण सहकारी संस्था, दिपज्योती युवा सञ्जाल र सुनापति बाल क्लब सञ्जालको आयोजना तथा वडा नम्बर ५ कार्यालय, सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको सहयोगमा अभियान सञ्चालन गरिएको हो ।


अभियानको क्रममा सार्वजनिक स्थल, मन्दिर, गुम्वा, विद्यालय तथा सामुदायिक स्वास्थ्य इकाई सरसफाइ, प्लाष्टिक जन्य, सिसाजन्य फोहोर संकलन तथा बाटो सरसफाइ गरिएको थियो ।
व्यक्तिगत तथा घरायसी सरसफाइमा सहभागिको सामुहिक रुपमा घर, आँगन, शौचालय, धारा अनुगमन समेत गरिएको छ । भुमेस्थानबाट सुरु गरिएको सरसफाई अभियान गुम्वाडाँडा, देवीथान, बाल मावि हुदै सामुदायिक स्वास्थ्य इकाईमा पुगरे समापन गरिएको थियो ।
कार्यक्रममा बोल्दै सुनापती गाउँपालिका– ५ का वडाध्यक्ष ठूलोकान्छा तामाङले सरसफाई अभियान अभियान वडा भरी सञ्चालन गर्ने बताउँदै सहयोगको संघसंस्था र वडाबासीहरुलाई आग्रह गरे ।
सफा, स्वच्छ र हराभरा वडाका लागि आफूले जस्तोसुकै काम गर्न पनि तयार रहेको बताउदै वडाले योजनावद्ध रुपमा सरसफाइका कार्यक्रम गर्ने पनि तामाङले बताए । सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले महिला समूह, बाल क्लब, युवा सञ्जाललाई जगाउने, सघाउने र अघि लगाउने कार्यनीति अनुरुप कार्यक्रम संचालन गरेको बताउदै पूर्ण सरसफाईका लागि यस्ता गतिविधिहरु निरन्तर सञ्चालन गर्ने बताएका छन् ।

Share this

प्रतिकृया

Add