जनजाति युवालाई सुरक्षित वैदेशिक रोजगारीको बारेमा अभिमुखीकरण

 बिहिबार, जेष्ठ ९, २०७६ | onlinenews

रामेछापः मन्थली नगरपालिका–९, पुरानागाउँका युवाहरुलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धित अभिमुखीकरण तालिम दिइएको छ ।
वडाबाट वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिनदिनै बढ्दै गएकाले सुरक्षित वैदेशिक रोजगारीको बारेमा जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको आयोजक बाङ्गेसल्ला युवा समाजका महासचिव हस्तलाल तामाङले जानकारी दिए ।
समाजले जनजाति युवाको लागि आयोजना गरेको २ दिने नेतृत्व तथा क्षमता विकास तालिम अन्तर्गत वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरेको हो ।
वडाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश यूवाहरु सीप, सूचना र तालिमबिना नै जाने गरेको तालिम आयोजक संस्थाको भनाई छ ।
वैदेशिक रोजगारीमा जान चाहने यूवालाई गाउँ तहमा नै सूचना दिने, बैदेशिक रोजगारीमा गएकाहरुको परिवारका सदस्यलाई बैदेशिक रोजगारीको बिषयमा आवश्यक जानकारी पु¥याउने उद्देश्यले वडाकोे आर्थिक सहयोग तथा बाङ्गेसल्ला युवा समाजको समन्वयमा नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।
वैदेशिक रोजगारी सम्बन्धि अभिमुखीकरणमा विदेश जाने व्यक्तिले ध्यान दिनुपर्ने कुरा र वैदेशिक रोजगारीका बिषयमा समस्या भए कहाँ उजुरी गर्ने ? जस्ता विषयमा सामी हेल्भेटास कार्यक्रम अधिकृत भोजराज सुनुवार र सुरक्षित आप्रवासन कार्यक्रम रामेछापका कार्यक्रम संयोजक सागर बिक्रम बस्नेतले सहजीकरण गरेका थिए । तालिममा ५० जना युवाहरुको सहभागिता रहेको थियो ।
रामेछाप जिल्लामा समुदायमा आधारित सुरक्षित वैदेशिक रोजगारी सम्वन्धि कार्यक्रम मन्थली नगरपालिका, गोकुलगंगा, उमाकुण्ड र दोरम्बा गाउँपालिकाको आर्थिक साझेदारीतामा चारघरे सेवा समिति मार्फत् सञ्चालन भएको छ । त्यस्तै सामी÷हेल्भेटास, सिएमसी नेपाल र मन्थली नगरपालिकाबीचको साझेदारीतामा आप्रवासी स्रोत केन्द्र सञ्चालन भइरहेको छ ।

प्रतिकृया

Add