पूर्व मन्त्री ढुङ्गेलको असामयिक निधन

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

चैत्र ३, रामेछाप । रामेछाप जिल्लाको पकरबास निवासी पूर्व कृषि सहायक मन्त्री रामहरी ढुङ्गेलको बिहीवार असामयिक निधन भएको छ । नेपाली कांग्रेस रामेछापका पूर्व सभापति, तथा महासमिति सदस्य समेत रहेका ढुङ्गेलको डिल्लीबजारस्थित डेरामा बुधबार विहान निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले एक विज्ञप्ति निकाली ढुङ्गेलको निधनप्रति दुःख ब्यक्त गरेको छ । ढुङ्गेलको निधनले आपूmलाई एकदमै मर्माहत र स्तब्ध बनाएको विज्ञप्तिमार्फत पार्टी सभापति शेरबहादुर देउबाले भनेका छन् ।
पञ्चायती ब्यवस्था विरुद्ध नेपाली कांग्रेसले सञ्चालन गरेको संघर्ष, लोकतन्त्रको स्थापना र पुनस्थापनाको हरेक आन्दोलनमा ढुङ्गेलको सक्रिय भूमिका रहेको विज्ञप्तिमा उल्लेख छ ।
मृतक ढुङ्गेलले रामेछापको सदस्य सचिव, सभापति लगायत विभिन्न पदमा रहेर काम गरेका थिए । रामेछापको क्षेत्र नं. २ बाट सांसद निर्वाचित भएका उनले लोकतन्त्रको पक्षमा सक्रिया हुँदा पटक–पटक जेल जीवन समेत विताउनु परेको थियो ।
नेपालको नयाँ संविधानको कार्यान्वयनको चरणमा भएको बेला ढुङ्गेलको निधनले नेपाली कांगे्रसलाई अपुरणीय क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ढुङ्गेलको पार्थिव शरीरलाई आजै पोष्टमार्टम गरि दिउसो दुई बजेदेखि साँझ पाँच बजेसम्म श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
बुधबार साँझ ढुङ्गेललको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

प्रतिकृया

Add