वैदेशिक रोजगारीमा ज्यान गुमाएकाका बालबालिकालाई छात्राबृत्ति

 शुक्रबार, जेष्ठ ३१, २०७६ | onlinenews
Share this

रामेछापः वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएकाका बालबच्चालाई पढाईमा सहयोग पु¥याउने उद्देश्यले छात्राबृत्ति प्रदान गरिएको छ । वैदेशिक रोजगारीमा गई श्रमस्वीकृति अवधिभित्र मृत्यु भई नेपालको वैदेशिक रोजगार बोर्डबाट पूर्ण रुपमा आर्थिक सहायता पाएका मृतका बालबच्चाहरुलाई छात्रात्रृत्ति प्रदान गरिएको हो ।
रामेछाप जिल्लाबाट वैदेशिक रोजगारीमा गई श्रमस्वीकृत अवधि भित्र मृत्यु भएका १५ जनाका २४ जना बालबालिकालाई छात्राबृत्ति प्रदान गरिएको आप्रवासी श्रोत केन्द्र रामेछापका परामर्सकर्ता क्षितिज तामाङले जानकारी दिए ।


वैदेशिक रोजगार बोर्डले जिल्ला शिक्षा समन्वय इकाई मार्फत मृतकका बालबालिकालाई छात्रात्रृत्ति प्रदान गरेको हो । आप्रवासी श्रोत केन्द्र रामेछापका अनुसार २४ जना बालबालिकालाई २ लाख ८ हजार रुपैयाँ छात्राबृत्ति प्रदान गरिएको छ ।
वैदेशिक रोजगार बोर्डले शुशि कक्षादेखि कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकालाई वार्षिक ८ हजार रुपैयाँ र १८ वर्ष उमेर ननाघेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने बालबालिकालाई वर्षिक १२ हजार रुपैयाँ छात्राबृत्ति प्रदान गर्दै आएको छ ।
श्रमस्वीकृति लिएको अवधि नाघेपछि मृत्यु भएका तथा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता नपाएका मृतकका बालबच्चाले भने छात्राबृत्तिको सुविधा पाउँने छैनन् ।

Share this

प्रतिकृया

Add