नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछापः जिल्ला प्रशासन कार्यालय रामेछापले सेवा लिन आउँने सेवाग्राहीको लागि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीको लागि प्रत्येक हप्ताको सोमबार कार्यालयको हलमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।
सदरमुकाम मन्थलीमा अत्याधिक गर्मी हुने भएकाले सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राखेर निःशूल्क शिविर सञ्चालन गर्न लागिएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बताइन ।
औषतमा जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने सेवाग्राही दैनिक दुई सय हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सेवाग्राहीको तथ्यांकको आधारमा एक वर्षमा जिल्ला प्रशासन कार्यालयबाट १ लाख सेवाग्राहीले निःशूल्क स्वास्थ्य जाँच सेवा पाउँने प्रजिअ केसीले बताइन ।
साप्ताहिक शिविर सञ्चालनको लागि आवश्यक पर्ने औषधी र आवश्यकताको आधारमा स्वास्थ्यकर्मी मन्थली नगरपालिकाले उपलब्ध गराउने नगर प्रमुख रमेशकुमार बस्नेतले बताए । सेवाग्राहीको स्वास्थ्य जाँचको लागि चिकित्सक भने तामाकोसी सहकारी अस्पताल मन्थलीले उपलब्ध गराएको छ । शिविरमा राज्यले निःशूल्क उपलब्ध गराउँने औषधी पनि उपलब्ध हुने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयमै निःशूल्क स्वास्थ्य परीक्षण गराउँन पाउँदा आपूmलाई खुसी लागेको रामेछाप नगरपालिका–८ की सेवाग्राही शरिता शाहीले बताइन । स्वास्थ्य परीक्षण सेवालाई दैनिक बनाउन सके अझ राम्रो हुने पनि सेवाग्राही शाहीको भनाई छ ।
सेवाग्राहीको लागि निःशूल्क स्वास्थ्य जाँच सेवा सुरु गरिए पनि पहिलो प्राथमिकता भने कार्यालयबाट प्रवाह गरिने सेवा नै भएको जिल्ला प्रशासन कार्यालयको भनाई छ । जिल्ला प्रशासन कार्यालयमै सेवा लिन आउने सेवाग्राहीको लागि निःशूल्क स्वास्थ्य जाँच सेवा सञ्चालन गरिएको यो नेपालमै पहिलो पटक हो ।