रामेछापमा पाठेघरको मुखमा क्यान्सर हुने महिलाको संख्या बढ्दो

 आइतवार, असार ८, २०७६ | onlinenews
Share this

रामेछापः पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सर बढीरहेको अवस्थामा ग्रामिण भेगका महिलाहरुले सहज रुपमा क्यान्सर परीक्षण गर्न नपाउदा समस्या झन बढदै गएको छ ।
प्रारम्भिक चरणको अवस्थामा क्यान्सर पहिचान भएमा उपचार गर्न सकिने चिकित्सकको भनाई छ । तर ग्रामिण भेगका महिलाहरुको लागि परीक्षणको समेत व्यवस्था हुन नसक्दा पाठेघरको मुखको क्यान्सर हुने महिलाहरुको बढिरहेको छ ।
ग्रामिण भेगका महिलाहरु छिटफुट संस्थाहरुले विशेष स्थानहरुमा सञ्चालन गर्ने शिबिर बाहेक गाउँका स्वास्थ्य संस्थाहरुमा क्यान्सर परीक्षणको व्यवस्था हुन नसक्दा महिलाहरु पाठेघरको मुखको क्यान्सर परीक्षण गराउन शिविरकै भर पर्ने गरेका छन् ।
यद्यपि ग्रामिण भेगमा त्यस्ता सुविधा सहितका शिविर प्रयाप्त सञ्चालन भने हुन सकेका छ्रैनन । दोरम्बा गाउँपालिका वडा नं २ की ४ सन्तानकी आमा ५६ बर्षिया बुदली बसेलले आफ्नै गाउमा पुण्यप्रसाद स्मृति प्रतिष्ठान कपनले आयोजना र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन भएको एक दिने स्वास्थ्य शिविरमा आफ्नो पाठेघरको मुखमा क्यान्सर भए नभएको पहिचान गर्न परीक्षण गराइन ।


बसेलले पाठेघरको मुखमा क्यान्सर हुन्छ भन्ने थाहा पाए पनि अहिलेसम्म कतै गएर पनि परीक्षण नगराएको बताइन । पढन सकिएन, यस्ता रोगका बारेमा के जान्नु, बाहिर गएर जाँच गराउन आफुहरु जस्ता गाउँका महिलाले कसरी गर्नु उनले बाहिर जान नसक्ने आफ्नो अवस्था बताउदै गाउमा आएको यस्तो शिविरले आपूmलाई फाइदा पुगेको बताइन । दोरम्बा गाउँपालिकाको केन्द्र टोरकपुरमा सञ्चालन भएको एक दिने निःशूल्क स्वास्थ्य शिविरमा १ सय भन्दा बढी महिलाले पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गराएका थिए । परीक्षणमा आएका महिलाले गाउमा नै सहज सरल तरीकाले क्यान्सर जस्तो प्राणघातक रोगको परीक्षण गर्न पाएकोमा खुशी व्यक्त गरे ।
रोगको जोखिम थाहा हँुदाहुदै पनि लाजका कारण परीक्षण गराउन गारो मान्ने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरकी चिकित्सक अनुसा शर्माले बताइन । उनले कतिपय महिलालाई त पाठेघरको मुखमा क्यान्सर हुने र यसको उपचार गर्न सकिन्छ भन्ने कुराकै जानकारी हुन नसक्दा समस्या बढेको बताइन ।


क्यान्सर प्राणघातक हुन्छ तर ज्यानै लिन्छ भन्ने चाहि नभएको शर्माले बताइन । त्यसका लागि व्यक्तिले आफ्नो स्वास्थ्यमा ख्याल दिने र स्वास्थ्य परीक्षण गराइ रहने हो भने क्यान्सर समस्या नबन्ने उनले बताइन ।
जिल्ला अस्पतालमा रामेछापमा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न सकिने व्यवस्था हालै मात्र मिलाइएको भएता पनि जिल्लाका ग्रामिण भेगका स्वास्थ्य चौकीहरुमा भने त्यो सेवा उपलब्ध हुन नसक्दा ग्रामिण भेगका महिलाहरुमा समस्या बढेको छ
। जिल्ला अस्पताल रामेछापमा जनशक्ति तयार गरेर परीक्षणको व्यवस्था मिलाएको भएपनि वडास्तरका स्वास्थ्य संस्थामा भने परीक्षण गर्नका लागि जनशक्ति र उपकरणको अभाव हुने जिल्ला स्वास्थ्य कार्यालय रामेछापका चिकित्सक मविन अर्यालले जानकारी दिए ।
सामान्य विरामी भएर स्वास्थ्य चौकी जाँदा मुस्किलले सिटामोल सम्म पाइन्छ अन्य सोवा सुविधा त पाउनै मुस्किल रहेको ठाउमा पाठेघरको मुखको क्यान्सरको परीक्षण होला भनेर त कल्पना गर्नु बेकार हुने टोकरपुरकी होम कुमारी कडेलले बताइन ।
उनले सेवा संचालन भएपनि स्थानीयहरुले सेवा पाइन्छ भनेर पत्याउने वातावरण वडाका स्वास्थ्य संस्थाहरुमा नबनेको प्रति उनको गुनासो रहेको छ ।
आफ्ना गाउका महिलाहरु पाठेघरको मुखको क्यान्सरको सिकार नबनुन र समयमा नै रोगको पहिचान गरी उपचार गराउन लागुन भन्ने सोचका साथ शिविर संचालन गरिएको पुण्ये प्रसाद स्मृति प्रतिष्ठानका सचिव पवन कुमार कडेलले बताए ।
उनले यस्ता शिबिर र जनचेतनाका कार्यक्रम सरकारले नै बजेट विनियोजन गरेर अभियानकै रुपमा अगाडि लान सके ग्रामिण महिला पाठेघरमा हुने क्यान्सरको संक्रमणबाट केही हदसम्म बच्न सक्ने कडेलको धारणा छ ।

Share this

प्रतिकृया

Add