सूमोेले ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु

 शुक्रबार, चैत्र ४, २०७३ | onlinenews

चैत्र ४, रामेछाप । रामेछाप सदरमुकाम मन्थलीस्थित करमबोट भन्ने स्थानमा सुपरसिटी यातायातको सूमोले ठक्कर दिंदा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको । मोटरसाइलको पछाडि सवार रहेका अर्का एक ब्यक्ति गम्भीर घाइते भएका छन ।
सदरमुकाम मन्थलीबाट रामेछापकै खिम्ती तर्फ गइरहेको सुपरसिटी यातायातको बा १ ज ९६०३ नम्बरको सामूले वा २ प ८१९४ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा गोकुलगंगा गाउँपालिका ६ फर्पूका ४० वर्षीय भरतविक्रम खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा मृतक चालकका बुवा ६५ वर्षीय गजेन्द्र खड्का गम्भिर घाइते भएका छन् । घाइते खड्काको सदरमुकाम मन्थलीको अस्पतालामा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लागिएको छ । घाइते खड्काको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add