युवाको क्षमता विकासको लागि गोष्ठि

 सोमवार, असार २३, २०७६ | onlinenews
Share this

रामेछाप– सुनापती गाउँपालिका–५ खनियापानीमा युवाको क्षमता विकास तथा दीगो विकास लक्ष्य सम्वन्धि १ दिने गोष्ठि सम्पन्न भएको छ ।
सामाजिक, आर्थिक, साँस्कृतिक विकासमा युवाहरुको सहभागिता बढाउने उद्देश्यले गोष्ठिको आयोजना गरिएको आयोजक दीपज्योति युवा सञ्जालकी सचिव देवकी पुलामी मगरले बताइन ।
युवासँग सम्वन्धित राष्ट्रिय नीति, कार्यक्रम, संयन्त्र, संरचना र दीगो विकास लक्ष्यजस्ता विषयमा युवाहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको गोष्ठिमा २९ जनाको सहभागिता रहेको थियो ।


कार्यक्रममा गोष्ठीको महत्व र औचित्यको बारेमा सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले प्रष्ट्याएका थिए ।
गोष्ठिमा युवा र युवा सञ्जालको आवश्यकता, काम तथा भूमिका, सहभागिता, आर्थिक, सामाजिक तथा साँस्कृतिक परिवर्तन, स्वास्थ्य तथा सरसफाइको अवस्थामा सुधारजस्ता विषयमा गैह्र सरकारी संस्था महासंघका केन्द्रिय सदस्य तथा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले सहभागितालाई प्रशिक्षण दिएका थिए ।


युवासँग सम्वन्धित राष्ट्रिय, अन्तर्राष्ट्रिय कानून, नीति, कार्यक्रम, संयन्त्र तथा संरचना र दीगो विकास लक्ष्यलगायतका विषयमा टिडिएच जर्मनीका कार्यक्रम संयोजक अमृत देवकोटाले जानकारी गराएका थिए ।
त्यसैगरी युवालाई सहयोग र समर्थन तथा भावि योजना बारे वडा सदस्य चित्रबहादुर मानन्धरले वडाको तर्फबाट धारणा राखेका थिए ।
दीपज्योती युवा सञ्जालको आयोजना, सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको समन्वय तथा सुनापती गाउँपालिका वडा नम्बर ५ को सहयोगमा असार १७ गते गोष्ठि सम्पन्न भएको हो ।

Share this

प्रतिकृया

Add