५० प्रतिशत अनुदानमा कृषकलाई बिरुवा

 बिहिबार, असार २६, २०७६ | onlinenews
Share this

रामेछाप– सुनापति गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई फलपूmलको बिरुवा प्रदान गरेको छ । गाउँपालिकाले आँप, कागति, जुनार, सुन्ताल र लिची गरि तीन लाख रुपैयाँको बिरुवा खरिद गरेर ५० प्रतिशत अनुदानमा कृषकलाई दिएको हो ।
ढुवानी खर्च र बिरुवा प्याकिङ्ग खर्च भने गाउँपालिका नै ब्यहोरेको सुनापति गाउँपालिका कृषि शाखा प्रमुख शिवनारायण रानले जानकारी दिए । कृषकको माग अनुसार माल्दह र बम्बै जातको आँप, कागतिमा सुनकागति जातको बिजु र कल्मी साथै जुनार, सुन्तला र लिचीको बिरुवा दिएको कृषि शाखा प्रमुख रानले बताए ।


रानका अनुसार कागतिको बिरुवा २ हजार, आँप ८ सय, सुन्तला ८ सय र जुनारको बिरुवा ७ सय वटा प्रदान गरिएको छ । कृषि शाखा मार्फत वितरण गरिएको बिरुवा गाउँपालिकाले कृषकको घरघरमै पु¥याइदिएको छ ।


माग अनुसार गाउँपालिकाका सबै वडाका कृषकहरुलाई बिरुवा प्रदान गरिएको हो । गाउँपालिकको ५ वटा वडा मध्य बेथान र दिमीपोखरीका कृषकबाट बिरुवाको माग बढि आएको थियो । बेथान र दिमीपोखरीमा मत्र ४ हजार ७१ वटा बिरुवा प्रदान गरिएको हो । कृषकको मागको संख्याको आधारमा बिरुवा गरिद गरेर कृषकलाई दिइएको गाउँपालिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add