नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप- तीन दिनदेखि बन्द रहेको रामेछापको मन्थली–सेलेघाट सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । सडक खुलाउने प्रयास भइरहे पनि सडकमाथिबाट झरेको पहिरोसँगै ठूला–ठूला ढुङ्गा सडकमा आएर थुप्रिएकाले सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
मन्थलीदेखि सेलेघाटसम्म एकतर्फी सडक खुलाए पनि सेलेघाट र सिन्धुलीको खुर्कोट जोड्ने सुनकोसी नदीको पुल माथिबाट आएको पहिरो पञ्छाउन नसक्दा यातायातका साधन सञ्चालन हुन नसकेको हो ।
निरन्तर वर्षासगै पहिरो पनि आइरहेकाले सडकको अवरोध हटाउन समस्या भएको रामेछापका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसीले जानकारी दिनुभएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन नसक्दा यात्रुहरु बीचबाटोमै अलपत्र परहेका छन् ।