रामेछापमा बृक्षारोपण महाअभियान सुरु

 बुधबार, साउन १, २०७६ | onlinenews
Share this

रामेछाप– हरित बजार, हरित सडक बनाउने उद्देश्यले वातावरण संरक्षण परियोजना मार्फत रामेछापको सदरमुकाम मन्थलीमा बृक्षारोपण महाअभियान सुरु गरिएको छ ।
अभियान अन्तर्गत सोमबार सदरमुकाम मन्थलीको आकाशे र बसपार्क क्षेत्रका नाङ्गो पाखा तथा सडक किरानामा खाडल खन्ने र बृक्षारोपण गर्ने काम भएको छ भने मंगलबार मन्थली नगरपालिका–६ कुनौरिमा खाडल खन्ने तथा रुखको विरुवा रोप्ने काम भएको छ ।
तीन वर्षे वातावरण संरक्षण परियोजना अन्तर्गत सुरु गरिएको बृक्षारोपण अभियान यस वर्ष साउन १५ गतेसम्म निरन्तर रहने सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।

संघीय मामिला तथा आर्थिक विकास मन्त्रालय जर्मनीको आर्थिक सहयोग र तेर्दजोम्स जर्मनीको समन्वय रहेकोे “वातावरण संरक्षण परियोजना” रामेछाप जिल्लामा सामुदायिक विकास समाज मन्थली, जनशक्ति विकास कार्यक्रम गोल्माटार र सृजनशिल युवा समाज चिसापानीसँगको साँझेदरीतामा सञ्चालन गरिएको हो ।
अभियान अन्तर्गत मंगलबार कुनौरीमा गरिएको बृक्षारोपण कार्यक्रममा जिल्लाका राजनीतिक दलका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, सामाजिक अभियान्ता, शिक्षक, बुद्धिजीवि व्यवसायि तथा स्थानीयको सहभागिता रहेकोे सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले जानकारी दिए ।

परियोजना अन्तर्गत सदरमुकाम मन्थलीका नाङ्गो पाखाहरु साथै मन्थली–सेलेघाट सडक खण्ड, मन्थली–रामेछाप सडक खण्ड र मन्थली–सुनारपानी हुँदै सालु सडक खण्डको किरानारामा बृक्षारोपण गरिने घिसिङले बताए । त्यसैगरी कृषि बन अवधारणा मार्फत किसानहरुको जिवन स्तरलाई माथि उकास्ने उद्देश्य पनि परियोजनाले लिएको छ ।
परियोजनाको तीन वर्षे अवधिमा सार्वजनिक, सरकारी र निजी जनिममा गरि ९ लखा विरुवा हुर्काउने योजना रहेको पनि घिसिङले जानकारी दिए । विरुवालाई हुर्काउन संरक्षण र गोडमेलको काम पनि परियोजनाले नै गर्नेछ ।

 

 

 

 

 

Share this

प्रतिकृया

Add