रामेछापमा सम्बन्ध विच्छेदको मुद्दामा बृद्धि

 बुधबार, साउन १, २०७६ | onlinenews
Share this

रामेछाप–जिल्ला अदालत रामेछापमा सम्बन्ध विच्छेदको लागि आउनेहरुको संख्यामा बृद्धि भएको छ । नयाँ देवानी संहिता कार्यान्वयनमा आएसँगै रामेछाप जिल्लामा श्रीमान श्रीमतिबीच सम्बन्ध विच्छेद गर्न आउनेहरुको संख्यामा बृद्धि भएको जिल्ला अदातल रामेछापले जनाएको छ ।
गत वर्षको साउन महिनासम्म सम्बन्ध विच्छेदका २३ थान मुद्दा दर्ता भएका थिए । जसमा महिला २१ जना र २ जना पुरुषले मुद्दा दर्ता गरेका थिए ।
गत भदौबाट नयाँ देवानी संहिता कार्यान्वयनमा आएपछि ९५ वटा मुद्दा दर्ता भएको र ती मध्ये ५५ जना महिला र ४० जना पुरुषले मुद्दा दर्ता गराएको जिल्ला अदालत रामेछापले जनाएको छ । ९५ थान मुद्दा मध्ये ४५ थान मुद्दा फैसला हुन बाँकी रहेको जिल्ला अदालत रामेछापका श्रेस्तेदार गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।
जिल्ला अदालत रामेछापमा दर्ता हुन आउँने अन्य मुद्दाहरुको संख्यामा पनि विगत वर्षको तुलनामा निकै बृद्धि भएको छ । जिल्ला अदालत रामेछापको अनुसार गतवर्ष भन्दा यस वर्ष ४१.५१ प्रतिशतले मुद्दा वृद्धि भएको छ ।
जिल्ला अदालतले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार अदालतमा गत वर्ष २ सय ९४ मुद्दा रहेकोमा यस वर्ष ४ सय १५ मुद्दा दर्ता भएका छन् । यस वर्ष अदालतमा देवानी २ सय ६८, सरकारवादी फौज्दारी ९७, दुनियावादी फौज्दारी ५० मुद्दा परेको श्रेस्तेदार रेग्मीले जानकारी दिए ।
अदालतले यस वर्ष लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरेको पनि श्रेस्तेदार गेहेन्द्रराज रेग्मीले बताए । उनका अनुसार यस वर्ष २ सय ३३ मुद्दा फैसला गर्ने लक्ष रहेकोमा २ सय ८५ मुद्दा फछर््यौट भएका छन् । अदालतमा दर्ता भएका मुद्दामा १ सय ३४ थान मुद्दा फछर््यौट हुन बाँकी छ ।
गत भदौ यता अदालतबाट जरुरी पक्राउ पूर्जि अनुमति ५४ वटा, पक्राउ अनुमति ३१, म्याद थप १ सस ८४, बिबाह दर्ता ५, कलडिटेल अनुमति ७४ तथा थुनछेक आदेश ७० वटा जारी गरेको जानकारी दिइएको छ ।

Share this

प्रतिकृया

Add