७ सय माछा अचानक मरेपछि पोखरी नै खाली

 बिहिबार, साउन २, २०७६ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–८ का माछा पालक किसान सानोबाबु पुरीले पोखरीमा पालेको माछा अचानक मरेपछि पोखरी नै खाली भएको छ । पोखरीमा रहेका सबै माछा एकसाथ मरेपछि पोखरी नै खाली भएको छ ।
बिहीबार बिहान चारो दिंदासम्म सद्दे रहेका माछा दिउसोको चारो दिन जाँदा सबै मरेको अवस्थामा भेटिएको माछा पालक किसान सानोबाबु पुरीले बताए ।


पुरीका अनुसार दिउसो चारो दिन जाने क्रममा पोखरीमा रहेका ७ सय माछाहरु सबै मरेको अवस्थामा भेटिएको थियो । गाउँका आफ्ना विरोधीले पोखरीमा विष हालिदिएर माछा मारिदिएको किसान पुरीको आरोप छ ।
पोखरीमा भएको ७ सय माछाहरु मर्दा ७ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पुरीले बताए । पुरीले कोमनकार जातको माछा ३ महिना पहिले पोखरीमा हालेमा थिए ।

Share this

प्रतिकृया

Add