रामेछाप साँघुटारका आगलागि पीडितलाई राहात प्रदान

 शुक्रबार, साउन १०, २०७६ | onlinenews
Share this

रामेछाप–रामेछाप नगरपालिका–३ साँघुटारका आगालागि पीडितलाई जिल्ला विपद ब्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले तत्कालन खाने बस्ने ब्यस्थाको लागि राहात प्रदान गरेको छ ।
रामेछापको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी नेतृत्वको टोली घटना स्थलमै पुगेर प्रतिपरिवार १० हजार रुपैयाँ नगद प्रदान गरेको हो ।
बिहीबार भएको आगालीमा साँघुटार बजारका राजन सुवेदी, अंकित श्रेष्ठ, अमिस मगर र हरिमाया मगरको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । त्यसैगरी जलेर नष्ट भएको घरमा कोठा भाडामा बसेका रविन खत्री, राजन दाहाल र हिरा श्रेष्ठलाई पनि तत्काल आवश्क पर्ने घरयासी सामाग्री प्रदान गरिएको छ ।
आगलागिबाट करिब ५ करोड रुपैयाँ क्षति भएको अनुमान गरिए पनि क्षतिको पूर्ण विवरण आएपछि पीडितलाई थप रहात प्रदान गरिने विपद् ब्यवस्थापन समितिले जनाएको छ ।
त्यसैगरी नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले पनि घटना घटे गगत्तै घटना स्थलमा पुगेर पीडित परिवारलाई राहात सामग्री प्रदान गरेको छ । रेडक्रसले त्रिपाल, खाना पकाउने र खाने भाडा, कम्मल, लागाउने लूगा, जुत्ता चप्पल लगाएको सामग्री प्रदान गरेको हो । नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठको नेतृत्वमा गएको टोलीले पीडित परिवारलाई तत्कालको लागि खान, बस्न र लगाउन आवश्यक पर्ने सामग्री प्रदान गरेको हो ।
त्यस्तै नेकपा रामेछाप नगर कमिटीले पनि आगगाली पीडितलाई नगद राहत प्रदान गरेको छ । नगर कमिटी रामेछापको तर्फबाट सहयोग नगद तत्काल ब्यवथापनको लागि घर धनीहरू राजन सुवेदि, अङकित श्रेष्ठ, अनिस मगर, हरिमाया मगर १० हजार रपैयाँका दरले र आगली भएका घरमा भाडामा बस्दै आएको नवीन खत्री, हिरा श्रेष्ठ, राजन दाहाललाई ३ हजारका दरले गरि जम्मा ४९ हजार रुपैयाँ नगद प्रदान गरेको हो ।


साँघुटार बजारमा बिहीबार राजन सुवेदीको घरमा करेन्टसट भएर आगलागि भएको थियो । बिहान ७ बजेबाट लागेको आगो स्थानीयले लामो प्रयासपछि बिहान ११ः३० बजे नियन्त्रणमा लिएका थिए । साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो ।

Share this

प्रतिकृया

Add