साहित्यकारको कलमले झिर बनेर रोप्नुपर्छः बस्नेत

 शनिबार, साउन ११, २०७६ | onlinenews

रामेछाप– रामेछापको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले साहित्यकारको कलम झिर बनेर रोप्नु पर्ने बताए । साहित्यकार रचनाकारहरुले नयाँ कुराको खोजी गरिरहने भएकाले राज्यबाट भएको बेथिति, विकृति र विसंगतिहरुमा आँखा पुग्ने हुँदा साहित्यकारको कलमले सुइरो बनेर रोप्नु पर्ने बताए ।
रामेछाप कला साहित्यिक प्रतिष्ठान रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजारस्थित गौरीशंकर माध्यमिक विद्यालयमा आयोजना गरेको मानव बेचविखन विरुद्धको अभियानमा श्रष्टाको आवाज कार्यक्रमलाई संवोधन गर्दैैै मन्थली नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् ।
समाज विकासको लागि राजनीति मात्रै बदलिएर नहुने रहेछ, संस्कार, सस्कृति र आर्थिक क्षेत्र बदलिनु पर्ने रहेछ उनले भने । राजनीतिक परिवर्तन भए पनि साँस्कृति परिवर्तन हुन नसकेको उनले बताए ।


सरकार र जनप्रतिनिधिहरुलाई साहित्यकारहरुले रचनाको माध्यमबाट घोचिरहनु पनि अरोध गरे । सरकार बेठिक ढंगले चलेमा भावि पुस्ता समेत समाप्त हुने उनको भनाई छ । अहिलेको सरकार सही ढंगले काम गर्न नसके पन्चे, कांँगे्रस र कम्युनिष्ट एउटै ड्याङको मूला भन्नुपर्ने अवस्था आउने उनले बताए ।
पूर्खाले नालापानी किल्लामा पानी समेत खान नपाएर जोगाएको यो देशको विकास गर्ने जिम्म नयाँ पुस्ताको भएको युवा साहित्यकारहरु कम विकृति र विसंगतिको विरुद्धमा केन्द्रीत हुनुपर्ने बताए ।


अहिले विकासको नाममा राम्रा पहाडहरु भत्काइरको भन्दै स्थानीय सरकारहरुले संविधानले परिकल्पना गरे अनुरुपको काम गर्न नसकिएको बताए । सामुदायिक विद्यालय, स्वास्थ्यको सुधार र पर्यावरण जोगाउनु आजको अपरिहार्य आवश्यकता भएको बस्नेतको भनाई ।
गरिबका छोराछोरी खाडीको तातो घाममा काम गरिहेका छन्, हामीले नेपालको जल, जमिन बन र पर्यावरण जोगाउन सकेनौ भने हाम्रा भावि पुस्ताले कहा गएर बस्ला भन्दै उनले चिन्ता समेत ब्यक्त गरे ।
समृद्ध नेपाल बनाउन हाम्रो देशको केही त बेच्नु प¥यो नि, अरबमा गएका दाजुभाई र विदेशमा बसेका नेपालीबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र कतिदिन चलाउने उनले भने । अब जल, जमिन, खोलानाला, बन र पर्यावरण बचाउने जिम्मा युवाहरुको काँधमा आएको बस्नेतले बताए । आपूm आलोचनासँग नडराउने बताउँदै आलोचना गर्दा यथार्थमा गरिदिन पनि उनले आग्रह गरे । आलोचना गर्न सजिलो छ तर काम गर्न गह्रो छ, त्यसकारण आलोचना रचनात्मक हुनुपर्छ । सकारात्मक सोच राख्यो भने औंशीको जुनको घेरामा पनि चाँदी भेटिन्छ उनले भने ।


त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी रामेछापका नेता आनन्द श्रेष्ठले साहित्यलाई प्रगतिशील बनाउनु पर्ने बताए । नेपालमा राजनीतिक परिवर्तन भए पनि साँस्कृति पक्षको सुधार गर्न नसक्दा गम्भीर भूमरिमा परेको उनको भनाई छ ।
हामी नयाँ चिज चाहन्छौं नयाँ ठाउँमा पुग्न चाहन्छौं तर हामीलाई रुपान्तरणको लागि पुरानै संस्कृतिले गाँजिरहेको कारण अगाडि बढ्न सकेका छैनौ श्रेष्ठले भने ।
हामीले साँस्कृतिक पक्षलाई रुपान्तरण गर्न चाहेनौं, सांस्कृतिक रुपान्तरणको लागि साहित्यलाई प्रगतिशील बनाउनुपर्छ उनले भने ।
रामेछाप कला साहित्यिक प्रतिष्ठान रामेछापले रामेछाप नगरपालिकाको रामेछाप बजारस्थित गौरीशंकर माध्यमिक विद्यालयमा आयोजना गरेको मानव बेचविखन विरुद्धको अभियानमा श्रष्टाको आवाज कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाज रुपान्तरणको लागि सांस्कृतिक रुपान्तरण आश्यक रहेको भन्दै साहित्य, संस्कृतिलाई रुपान्तरण गर्न नसकिएको उनले बताए । उनले भने माया प्रेम पनि चाहिन्छ तर साहित्यकारले कु–संस्कार कु–संस्कृतिको विरुद्धमा चोटीलो प्रहार गर्न सक्नुपर्छ श्रेष्ठले भने ।
समाज रुपान्तरणको लागि जनचेतना मूलक तथा सचेतना फैलाउने सांस्कृतिक साहित्यिक कार्यक्रम निरन्तर चल्नु पर्ने पनि उनले बताए । मायाप्रेम मात्र हैन साहित्यको माध्यमबाट राजनीतिक, सत्ता र घूस प्रेमीहरुलाई पनि निरन्तर घोचिरहनु पर्ने उनको भनाई छ ।
अहिले फेसबुके अनुरागीहरु बढि रहेको भन्दै यो अवस्थालाई मोडेर अगाडि पढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सबाट देशको अर्थतन्त्र चलाएको गर्व गर्नभन्दा राज्यले वैदेशिक रोगर कार्यालय बन्द गरेर स्वदेशी रोजगार कार्यालय खोल्न सक्नुपर्छ उनले भने । साहित्यिक जागरणबाट समाज परिवर्नत गर्न सकिने भन्दै साहित्यकारहरुलाई उच्च मानोबलका साथ अघि बढ्न पनि उनले अनुरोध गरे ।
मानव बेचविखन विरुद्धको दिवसको पूर्व सन्ध्यामा आयाजना गरिएको कार्यक्रममा सिन्धुली, दोलखा र कालीकोट जिल्लाका श्रष्टाहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्रस्तुत गरिएका रचनाहरु राज्यद्धारा भइरहेको अनियमितता्, हत्या, हिंसा, बलात्कार, विकृति र विसंगतिका विरुद्ध ब्याङ्गे गरिएका थिए ।

प्रतिकृया

Add