रामेछाप कलाकार समाजको अध्यक्षमा पौडेल

 आइतवार, साउन १२, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाण्डौं– रामेछाप साँस्कृतिक कलाकार समाजको अध्यक्षमा रामकुमार पौडेल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न भएको १० औ वार्षिक सभा तथा तेस्रो महाधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा कुमार कार्की, उपाध्यक्षमा रामकुमार कार्की, उत्तम पौडेल र सन्ध्या सानु चयन भएका छन् । महा–सचिवमा युनिक विफा घिसिङ, सचिवमा सुरज लामा घिसिङ, सह–सचिवमा नविना घिसिङ र कोषाध्यक्षमा गोविन्द प्रसाद गौतम र सह–कोषाध्यक्षमा विवश बस्नेत रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा गोमादेवी खत्री, रामजी बुढाथोकी, हरिबहादुर काफ्ले मगर, रामचन्द्र बोहोरा, सुरज लामा घिसिङ, कमला खड्का, गुणराज श्रेष्ठ लगायत रहेका छन् ।
महाधिबेशनबाट शिवसागर मगरलाई समाजको प्रवक्ता तोकिएकोे उपाध्यक्ष सन्ध्या सानुले जानकारी दिइन । नयाँ कार्यसमितिको पहिलो बैठक आइतबार बस्दै छ ।

प्रतिकृया

Add