स्तनपान सप्ताहमा सडक नाटक

 शुक्रबार, साउन २४, २०७६ | onlinenews
Share this

तिलक कार्की


रामेछाप– विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रमहरु मनाइएको छ । “आमाबुबाको सक्षता स्तनपानको सफलता” भन्ने मूल नाराका साथ साउन १६ देखि २२ गतेसम्म मनाइएको स्तनपान सप्ताह अन्तर्गत रेडियो सम्वाद कार्यक्रम, स्तनपान, स्वस्थ शिशुका लागि वरदान भन्ने सडक नाटक लगायतका कार्यक्रमको आयोजना गरि स्तनपान सप्ताह भनाइएको हो ।


यसैबीच खाँडादेवी गाउँपालिका– १ कोथवे र वडा नम्बर ३ डब्खामा रहेका सीमान्तकृत माझी समुदायलाई लक्षित गरी सडक नाटक प्रर्दशन गरिएको थियो । परियोजनाका कर्मचारीद्वारा लिखित, निर्देशित र अभिनय गरिएको नाटकमा सुत्केरी आमाको स्याहार, हेरचाहका साथै बिगौती दूधको महत्व, स्तनपानको आवश्यकता, महत्व, यसबाट आमा र बच्चालाई हुने फाइदा, स्तनपान नगर्दा हुने वेफाइदा, स्तनपान गर्ने तरीका साथै स्तनपान सम्वन्धि भ्रमका विषयबस्तु समेटिएर तयार पारिएको थियो । कार्यक्रममा २ सय भन्दा बढीले अवलोकन गरेका थिए ।


सामुदायिक विकास समाज महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजनामा तथा सिमान्तकृत समूहका लागि विपत्ति पछिको एकीकृत पुर्नस्थापना सहयोग कार्यक्रमको सहयोगमा सप्ताह ब्यापी स्तनपान दिवसका कार्यक्रमहरु गरिएको हो ।

Share this

प्रतिकृया

Add