स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सवास्थ्य संस्थासँग अन्तरक्रिया

 बुधबार, भदौ १८, २०७६ | onlinenews
Share this

रामेछाप– स्वास्थ्य सेवालाई गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउने बारे खाँडादेवी गाउँपालिकाका ३ वटा वडाका स्वास्थ्य संस्थासँग अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई गुणस्तरीय र सेवाग्राही मैत्री कसरी बनाउने, भए गरेका कामको समीक्षा तथा राम्रा अभ्यासको निरन्तरता साथै सुधार गर्नुपर्ने पक्षको प्रतिवद्धता र नयाँ कार्ययोजना निर्माण गर्ने उद्देश्यले अर्धवार्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
स्वास्थ्य सेवासँग सम्बन्धित निकायबाट सञ्चालित कार्यक्रममा उपलब्ध सेवा र सुविधा सार्वजनिक गर्ने, सेवाको प्रभावकारीताको विषयमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने कार्यक्रमको उद्देश्यले थियो । त्यस्तै नागरिकबाट आएका समस्या, गुनासा तथा रचनात्मक सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कार बसाउने र सञ्चालन गरिएको कार्यक्रममा हालसम्म भएको प्रगतिको तथा सुधारात्मक पक्षहरुको विषयमा पनि छलफल भएको थियो ।
यस अघिका अन्तरक्रियामा भएको प्रतिवद्धताहरुको प्रगति समीक्षा, सेवा प्रवाहको प्रकृया, भइरहेको अभ्यास तथा प्रगति बारेमा पनि छलफल गरिएको थियो । सेवा प्रवाहको क्रममा आएका समस्या, भोगाइ एवं जिज्ञासाको बारेमा छलफल गर्दै सेवा प्रदायक निकायलाई सेवाग्राहीप्रति जवाफदेही बनाउन कार्यक्रम गरिएको हो ।
सेवाग्राहीप्रति सेवाप्रदायकलाई जवाफदेही बनाउने र सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाहरुको बारेमा प्रश्नोत्तर गराउँदै व्यवस्थापकीय सुधार, सेवा विस्तार तथा सेवाग्राहीमैत्री स्वास्थ्य चौकीका लागि आवश्यक खुल्ला छलफल समेत गरिएको थियो । कार्यक्रममा सेवा लिएर फर्केका सेवाग्राहीसँगको अन्तरवार्र्ताबाट प्राप्त नतिजा समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष, वडा कार्यालयका प्रतिनिधि, गाउँपालिका स्वास्थ्य संयोजक, इन्चार्जहरु जवाफदेहि वक्ताका रुपा रहेका थिए । महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, बाल क्लब सञ्जाल, महिला सहकारी, शिक्षक, नागरिक समाजको सहभागिता रहेको थियो । कार्यक्रम परियोजनाका संयोजक तिलक कार्कीले सहजिकरण गरेका थिए ।

Share this

प्रतिकृया

Add