चनखुमा आइतबारे हाट उद्घाटन

 मङ्लबार, भदौ २४, २०७६ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका–१० चनखुको पिपलबोट ज्यामिरेमा आइतबारे हाट सुरु गरिएको छ । स्थानीय उत्पादनको बिक्री वितरण र प्रवद्र्धन गर्ने उद्देश्यले वडा कार्यालयको पहलमा आइतबारे हाट सञ्चालनमा ल्याइएको हो ।
प्रत्येक आइतबार लाग्ने हाटको उद्घाटन आइतबार संविधानसमा सदस्य तारानारायण श्रेष्ठले एक औपचारिक कार्यक्रमकोबीच गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका श्रेष्ठले हाट उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै हाटलाई स्थानीय उत्पादको प्रवद्र्धन र जनसेवासँग जोड्नु पर्ने बताए । आइतबारे हाटको माध्यमबाट मन्थलीमा लाग्ने सोमबारे हाट र रामेछाप बजारमा लाग्ने बिहीबारे हाटसम्म पनि स्थानीय उत्पादनलाई पु¥याउने वातावरण बनाउन आग्रह गरे ।


स्थानीय उत्पादनलाई बढाउनको लागि शिक्षालाई पनि उत्पादनसँग जोड्नु पर्ने उनले बताए । अहिलेको शिक्षा किताबमा लेखिएको कुरा विद्यार्थीलाई पढाउने गरिएको भन्दै विद्यार्थीलाई पढाउने मात्रै नभई सिकाउनु पर्ने बताए । शिक्षालाई सिकाई र ब्यवहारसँग जोडेर लैजानुपर्ने श्रेष्ठले बताए ।
विकास निर्माणमा सबै पार्टीहरुले एक भएर आगाडि बढ्नु पर्ने पनि उनले बताए । विकास सरकारमा रहेको पार्टीको मात्रै नभएर सबैको साझा भएकाले विकास निर्माणमा सबै पार्टीहरु एक भएर लाग्नुपर्नेमा नेता श्रेष्ठले जोड दिए । एकले अर्कोलाई गाली गरेर विकास सम्भव नहुने भन्दै एकले अर्कालाई गाली गर्नुभन्दा पनि काम गरेर देखाउनु पर्ने बताए ।
नेपाली काँग्रेसको हालै सम्पन्न भएको केन्द्रीय समितिको बैठकपछि सार्वजनिक गरेको क्षेत्रीय स्तरमा आमसभा गर्ने र सरकारको भण्डाफोर गर्ने कार्यक्रमप्रति लक्षित गर्दै श्रेष्ठले भने विरोध गरेर विकास हुँदैन, विकास गर्नको लागि काम गर्नुपर्छ ।
त्यस्तै मन्थली नगरपालिका उपप्रमुख मायाकुमारी कार्कीले हाटमा स्थानीय उत्पादको बिक्री गरेर स्थानीयको आयश्रोतमा बृद्धि गर्नुपर्ने बताइन । हामीमा किनेर खाने तर बिक्री गर्न लाज लाग्ने प्रवृत्ति छ, हामीले बिक्री गर्न लाज मान्नु हुँदै कार्कीेले भनि ।
आर्थिक विकासको लागि स्थानीय उत्पादनलाई बजारमा बिक्री गरेर आम्दानी लिनु अनिवार्य हुने भन्दै हाटको माध्यमबाट स्थानीय उत्पादनको प्रवद्र्धन र बिक्री गर्नुपर्ने बताइन । हाटको निरन्तरताको लागि नगरपालिकाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाइन ।
स्थानीय उत्पादनलाई बाहिर बजारमा समेत पु¥याउने उद्देश्यले वडामा हाट सञ्चालन गरिएको मन्थली नगरपालिका–१० का अध्यक्ष भरतबहादुर बोहराले बताए । सोमबार मन्थलीमा हाट लाग्ने भएकाले स्थानीय उत्पादनलाई मन्थली हाटमा प¥याउन समेत सहज होस् भन्ने उद्देश्यले आइतबारे हाट सञ्चालन गरिएको वडा अध्यक्ष बोहराले बताए ।

Share this

प्रतिकृया

Add