म्याद नाघेका र इजाजत नभएका बस्तु ठूलो मात्रामा बरामत

 मङ्लबार, भदौ २४, २०७६ | onlinenews
Share this

रामेछाप– जिल्ला प्रशासन कार्यालय रामेछापले केही समय यता निरन्तर बजार अनुगमन गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको अनुगमनका क्रममा दैनिक म्याद नाघेका र इजाजत विना बिक्रीको लागि राखिएको बस्तुहरु बरामत गरिरहेको छ ।
यसै क्रममा मंगलबार पनि बजार अनुगमन टोलीले बजारबाट ठूलो मात्रामा म्याद नाघेका तथा इजाजतविना बिक्रीको लागि राखिएको बस्तुहरु बरामत गरेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल नेतृत्वको अनुगमन टोलीले म्याद नाघेको खाद्य बस्तु र इजाजत विना बिक्रीको लागि राखिएको बस्तुहरु बरामत गरेको हो ।
अनुगमन टोलीले राजकुमार बेकरी उद्योगबाट इजाजतविना बिक्रीको लागि राखिएको चुरोट ६ बट्टा, मैनाली फलपूmल तथा किराना पसलबाट इजाजत बिना राखिएको सुर्ती २ प्याकेट, सरिता किराना तथा फलपूmल पसलबाट इजाजतविना राखिएको खैनी १ सय ६० पिस, ओम किराना पसलबाट म्याद नाघेको विस्कुट ८ वटा र कुर्मुरे २८ वटा, विना दर्ता पसल सञ्चालन गरेको सुनिता सुनुवार पसलबाट इजाजत नभएको खैनी १ सय ५० पिस बरामत गरेको छ ।
त्यसैगरी रञ्जिता खुद्रा पसलबाट विना इजाजत राखिएको खैनी १३ पिस, म्याद नाघेको चिया एक सय पिस, ग्लूकोज १ सय २० बट्टा, पाइनपल जुस ५ बट्टा, प्राउन १० वटा, इजाजत विना राखिएको खैनी १ प्याकेट र बुढाथोकी किराना पसलबाट म्याद नाघेको बिस्कुट ६० पुरीया बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add