रामेछाप र मन्थली बजार अनुगमन सडेको मासु बिक्री गर्नेलाई ५ हजार जरिवाना

 सोमवार, अशोज ६, २०७६ | onlinenews
Share this

रामेछाप–जिल्ला प्रशासन कार्यालय रामेछापले सोमबार रामेछापको सदरमुकाम मन्थली र पुरानो सदरमुकाम रामेछाप बजार अनुगमन गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सोमबार किराना, मासु पसल, होटल तथा अन्य पसलहरुको अनुगमन गरेको हो । बजार अनुगमन टोलीले म्याद नाघेका, नियम विपरीत तथा इजाजतविना बिक्रीको लागि राखिएको बस्तुहरु ठूलो मात्रामा बरामत गरेको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराई नेतृत्वको अनुगमन टोलीले रामेछाप बजार र मन्थलीमा खाद्य तथा अन्य गरि ६० वटा पसलहरुमा अनुगमन गरेको हो ।


अनुगमन टोलीले अनमिका स्टोर्सबाट किरा परेको काजू १८ केजी, कोसेली जुनारको जुस उपभोग्य मिति बढि उल्लेख गरिएको २ लिटरको २१ ग्यालिन, चिल्सा लागेको चामल २०, केजी, म्याद नाघेको सस ३ कार्टुन, मनिस स्टोर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको कुकीज बिस्कुट ४ प्याकेट, अनुमति विना बिक्रीको लागि राखिएको बल्वान खैनी १ प्याकेट, एसके स्टोर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको शिखर जुस २ बोतल, मुना चियापत्ती १५ प्याकेट, चक्लेट २ बट्टा, चट्कार पाचक १२ बट्टा बरामत गरेको छ ।
एम जी जनरत स्टोर्स एण्ड सप्लायर्सबाट नियम विपरीत राखिएको तास ५ प्याकेट, म्याद नाघेको विस्कुट ४ कार्टुन, चुइगम १० बट्टा, कुकीज बिस्कुट १ कार्टुन, ललिपप ३ बट्टा, डिटोल ह्याण्डवास ८ बट्टा र बिक्रीको लागि राखिएको राँगाको मासु किरा परेको ४० केजी बरामत गरेको छ । एम जी जनरत स्टोर्स एण्ड सप्लायर्सका सञ्चालकलाई ५ हजार रुपैयाँ जरिवाना समेत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिएका छन् ।


वि.एण्ड वि स्टोर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको सिन्के चाउचाउ १२ प्याकेट, रामकुमार हार्डवेयर एण्ड सप्लायर्सबाट म्याद नाघेको एसिड र कोलिन ४५ बोतल, इन्द्र किराना पसलबाट म्याद नाघेको (२ केजी वाला) प्याकेटको च्यूरा ११ प्याकेट, (आधा केजी) को १२ प्याकेट, यूनिक खाजा घरबाट म्याद नाघेको पानीपुरी मसला ६ प्याकेट, दिल चमेना गृहबाट म्याद नाघेको बदाम ४ प्याकेट, नियम विपरीत राखिएको तास १२ प्याकेट, कान्छाकान्छी भोजनालयबाट म्याद नाघेको गरम मसला ६ प्याकेट, चाउमिन २ प्याकेट, धनिया ६ प्याकेट, एवि खाजा घरबाट म्याद नाघेको चाउमिन १२ प्याकेट, आशिष पुस्तक तथा स्टेशनरी पसलबाट म्याद नाघेको लिपगार्ड १ बट्टा, योञ्जन स्टोर्स एण्ड सप्लायर्सबाट नियम विपरीत राखिएको तास ४ प्याकेट, कम तौल भएको मैदा २ प्याकेट, भिमा भोजनालयबाट म्याद नाघेको चाउमिन १ कार्टुन, अनिस हार्डवेयर पसलबाट म्याद नाघेको इनामेल (१ लिटरको) २६ बट्टा, बिमल स्टोर्सबाट म्याद नाघेको पापट २० प्याकेट, दोर्जे लङ्दुर दर्जी पसलबाट म्याद नाघेको चक्लेट २ बट्टा बरामत गरेको छ ।


त्यसैगरी सविन किराना पसलबाट म्याद नाघेको चक्लेट २ बट्टा, चियापत्ती १ प्याकेट, नियम विपरीत राखिएको तास २ प्याकेट, अनुमति विना बिक्रीको लागि राखिएको खैनी ८ प्याकेट, वियर ७ बोतल, स्याउ सोफि १३ बोतल, चुरोट २ बट्टा, निलम खाद्य स्टोर्सबाट म्याद नाघेको पापट १ केजीको ६ प्याकेट, अस्मिता कस्मेटिक पसलबाट म्याद नाघेको एलोभेरा स्याम्पू ५ बोतल, मेहेन्दी १ दर्जन, पन्स क्रिम सानो ७ बट्टा, सुमन ट्रेडस कोल्ड स्टोर्स एण्ड सप्लायर्स म्याद नाघेको किटक्याट ३७५ ग्रामको १ प्याकेट, बदाम जुस १८० एमएलको १४ क्यान, कपालमा लगाउने तेल ३ बट्टा र एसएस स्टोर्स एण्ड सप्लायर्सबाट म्याद नाघेको हिमगिरी साबुन ११ बट्टा र पियर्स साबुन १ बट्टा बरामत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add