इराक प्रदर्शनमा एकसयको मृत्यु, प्रदर्शन रोक्न राष्ट्रसंघको आह्वान

 सोमवार, अशोज २०, २०७६ | onlinenews

२० असोज– संयुक्त राष्ट्रसंघले इराकमा भइरहेको हिंसा अन्त्य गर्न आह्वान गरेको छ । सरकार विरुद्ध गत मंगलबारदेखि भइरहेका प्रदर्शनहरूमा १ सयले ज्यान गमाइसकेको छ भने ४ हजार भन्दा बढी घाइते भएको विविसीले जनाएको छ । राष्ट्रसंघले तत्काल हिंसा अन्त्य गर्न आह्वान गरेको हो । देशमा व्याप्त भ्रष्टाचार, बेरोजगारी र कमजोर सार्वजनिक सेवा विरुद्ध प्रदर्शनकारीहरु सडकमा उत्रेका हुन् ।
प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यासका साथै लाठी प्रहार गरेको छ । संयुक्त राष्ट्र संघका इराकका विशेष प्रतिनिधि जेन्नी हेनिसले नागरिकको ज्यान जानु गैरन्यायिक हत्या भएको भन्दै तत्काल वार्तामार्फत समस्या समाधान गर्न र प्रदर्शन रोक्न पनि आग्रह गरेको छ ।

प्रतिकृया

Add