टीकाको साइत भोली बिहान १०:३५ मिनेट उत्तम

 सोमवार, अशोज २०, २०७६ | onlinenews
Share this

२० असोज–यो वर्ष विजयादशमीको टीकाको साइत भोली बिहान १० बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांङ्ग निर्णायक समितिले जानकारी दिएको छ ।
बडादसैंमा मान्यजनहरुबाट टीका–जमरा थापेर आशीर्वाद लिने चलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोज्नेका लागि १० बजेर ३५ मिनेटको समय उत्तम रहेको जनाएको हो ।
यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
विजयादशमीको दिन देवी विसर्जनको साइत मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

Share this

प्रतिकृया

Add