६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान

 बिहिबार, अशोज २३, २०७६ | onlinenews
Share this

२३ असोज, रामेछाप– जिल्ला प्रहरी कार्यालय रामेछापले ६४ औं प्रहरी दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । ६४ औं प्रहरी दिवसको पूर्वसन्ध्यामा जिल्ला प्रहरी कार्यालय रामेछापले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष कुमार भट्टराई, सशस्त्र प्रहरी बल मन्थली बेसक्याम्पका प्रमुख डिएसपी रमेश थापाले पनि रक्तदान गरेका छन् ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय गरि २१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापका मन्त्री जयप्रकाश श्रेष्ठले जानकारी दिएका छन् ।
रक्तदानको लागि आवश्यक पर्ने औजार तथा स्वास्थ्यकर्मी र फलपूmलको ब्यवस्था नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले गरेको हो ।

Share this

प्रतिकृया

Add