जग्गा दाता र उत्कृष्ट काम गर्ने प्रहरी सम्मानित

 शुक्रबार, अशोज २४, २०७६ | onlinenews
Share this

२४ असोज रामेछाप– जिल्लाको विभिन्न स्थानमा प्रहरी चौकीको भवन निर्माणको लागि निःशूल्क जग्गा दान गर्ने दातालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सम्मान गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रितीलाई जग्गा दिने उमाकुण्ड गाउँपालिक–५ का सिंहबहादुर तामाङ, प्रहरी चौकि भूजीलाई जग्गा दिने ज्ञानेन्द्र सुनुवार र शेरबहादुर सुनुवारलाई ६४ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापले सम्मान गरेको हो । जग्गा दाताहरुलाई सम्मान–पत्रद्धारा सम्मान गरिएको हो ।
प्रहरी दिवसको अवसरमा रामेछाप जिल्ला घर भई विभिन्न समयमा बीरगति प्राप्त गरेका अमर प्रहरीका परिवारलाई पनि दोसल्ला ढोलाएर सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप तथा जिल्लाका विभिन्न प्रहरी चौकीहरुमा कार्यरतरहि उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई पनि सम्मान गरिएको छ ।
सम्मानीत हुने प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुषण यादव, सेलेघाट प्रहरी चौकिका प्रसनि नहकुल भुजेल, प्रशासन फाँटका प्रहरी हवल्दार डम्मर केसी उत्कृष्ट अप्रेसनतर्फ प्रहरी हवल्दार बृजकिशोर यादव, प्रहरी जवान सुन्दर कार्की र प्रहरी जवान रन्जित खड्का रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले सम्मानीत हुने प्रहरीहरुलाई नगद पुरस्कार प्रदान गरेकी थिइन भने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरि रामेछाप जिल्ला घर भएका भूतपूर्व प्रहरीलाई पनि प्रहरी दिवसको अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले शान्ति सुरक्षा कायम गर्न प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै कसैको दवावमा काम नगर्न आग्रह गरे ।
ब्यवसायिकलाई निरन्तर कायम राख्न अनुरोध गर्दै प्रहरीको ब्यवासयिकताको लागि स्थानीय सरकारले सहयोग गर्ने पनि नगरप्रमुख बस्नेतले प्रतिबद्धता जनाए । प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले शान्ति र जिल्लाको सुशासनमा प्रहरीले महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रहरीका सबै कामहरुलाई अझै पारदर्शी र नागरिकमैत्री बनाउन पर्ने कुरामा जोड दिइन । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोषकुमार भट्टराईले जिल्लामा प्रहरीले खेलेको भूमिका र योगदानको बारेमा चर्चा गर्दै प्रहरीका सबै कामलाई नागरिकमैत्री बनाउँदै जाने प्रतिवद्धता ब्यक्त गरे ।

Share this

प्रतिकृया

Add