गाउँका असाहय र बृद्धबृद्धाको खुसी बनेर आए परदेशी

 शनिबार, कार्तिक २, २०७६ | onlinenews

२ कार्तिक, रामेछाप– बडा दशैँ अन्तर्गत नौरथाको सातौ दिन आर्थात पूmलपाती, गाउँका मानिसहरु घर सिंगार्न ब्यस्त थिए । रोजगारीका लागि शहरमा रहेकाहरु दशैँ मनाउन गाउँघर फर्कने क्रम चलिरहेको थियो । परदेशीको आगमनले गाउँघर निकै रामाइलोे छ, चहलपहल बढ्दै छ । केटाकेटीहरु पिंङ्गको लठ्ठामा झुण्डिएर रमाइलो गरिरहेका छन् । सडकमा बस, माइक्रो, सूमोको लस्कर छ, शहरबाट गाउँ आउनेहरु सवारी साधनमा कोचिएर, चेपिएर गाउँ फर्किइरहेका छन् । केही परदेशीहरु गतिलो सुटकेश बोकेर गाउँ फर्किएको पनि देखियो । दशैंको चटारो र हतारोले कोहि पनि फुर्सदिला थिएनन् ।


दशैँ मनाउन परदेशबाट घर फर्कने मध्ये रामेछाप जिल्लाको रामेछाप नगरपालिका–७, भालुखोपका अर्जून कार्की पनि एक थिए । शहरबाट घर आउनेहरु परिवारका लागि नयाँ लूगा, मरमसला र टीका लगाउन नयाँ नोट लिएर आउँछन् । दशैँ मनाउँन शहर तथा परदेशमा रहेका आफन्त गाउँ फर्कदा सबैको घरमा रमझम, रमाइलो हुने नै भयो । तर, अर्जुन अरु परदेशीजस्तो घर परिवारलाई मात्रै खुसी बनाउन आएनन्, शुकाजोर सिम्लेका २२ जना बृद्धबृद्धा तथा असाहयहरुको लागि खुसी लिएर आए ।
अर्जुनले यो पटकको दशैंमा सिम्लेका असहाय, अपाङ्ग, अशक्त र बृद्धबृद्धालाई नगद २ हजार र लत्ता कपडाले सम्मान गरे । अर्जूनले विदेशमा दुःख गरेर कमाएको पैसाबाट सहाराबीहिन, अशक्त, अपाङ्गता भएका भएका ब्यक्तिलाई सहायता दिन पाउँदा अमूल्य सन्तुष्टि मिलेको बताए ।
गाउँबाट विदेश जानेहरुको दर बढ्दै गएपछि धेरै बृद्धबृद्धाहरु साहाराबीहिन बन्दै गइरहेका छन् । शुकाजोर सिम्लेमा आयोजित सम्मान कार्यक्रममा सहभागी अधिकांश बृद्धबृद्धाहरुले आफ्नो छोराहरु रोजगारीको शिलशिलामा विदेशमा रहेको बताए । विदेशमा दुःख गरेरै कमाएको पैसाबाट बृद्धबृद्धा तथा अपांङ्गको लागि सहयोग गरेका कार्कीलाई सम्मानीत हुने अपाङ्गता भएका ब्यक्ति तथा बृद्धबृद्धा आमा बुबाहरुले हिमाल झैं अटल, सूर्य झैं तेज रहनु भनि दशैँको आर्शिवाद दिए ।
ओमनको रिनाईसेन्स कम्पनीमा ६ बर्षदेखि सुपरभाईजर पदमा कार्यरत कार्की दशैंका लागि १८ दिनको बिदा लिएर घर आएका थिए । कार्कीले गाउँका साहाराबीहिन तथा बृद्धबृद्धालाई बर्षेनी व्यक्तिगत रुपमा सहयोग गर्दै आएका छन् । आपूmले विनास्वार्थ असहाय, अपांङ्ग, अशक्त बृद्धबृद्धाका लागि गरेको सहयोगलाई गाउँका केही मानिसहरुले राजनीतिकसँग जोडेर ब्याख्या गरेको भन्दै कार्कीले गुनासो समेत गरे । आपूmले परोपकारी भावनाले गरेको सहयोगलाई राजनीतिसँग नजोडिदिन पनि कार्कीले आग्रह गरे ।

प्रतिकृया

Add