मन्थली पर्यटकमैत्री बन्न सकेन

 बुधबार, कार्तिक ६, २०७६ | onlinenews

पर्यटकीय सिजन सुरु भएसँगै अहिले रामेछापको सदरमुकाम मन्थली हुदै लुक्का जाने पर्यटकको चहलपहल बढेको छ । अहिले मन्थली विमानस्थ प्रयोग गरे लुक्काको लागि दैनिक ६ सयको हाराहारीमा पर्यटकहरु उड्ने गरेका छन् । काठमाडौं विमानस्थलमा धेरै ट्राफिक जाम हुँदा एक उडानको लागि घण्टौ कुर्नुपर्ने भएकाले सहज उडानको लागि मन्थलीबाट लुक्काको उडान भर्न थालिएको हो । तर, रामेछाप जिल्लाको आर्थिक समृद्धिको एक महत्वपूर्ण कडीको रुपमा रहेको मन्थली विमानस्थलको ब्यवस्थापनमा ध्यानदिनु आवश्यक देखिएको छ । विमानस्थलको मापदण्डमा पर्ने संरचना र समाग्रिहरु मात्र नभई, मन्थलीका होटल ब्यवसायि, ब्यवसायि र सरोकारवाला निकायले पनि मन्थली विमानस्थलमा दीगो बनाउन र पर्यकटकले मन्थलीमा एकरात बास बस्न सक्ने वातावरण बनाउन आवश्यक छ । मन्थलीमा पर्यटकको लागि उपयुक्त होटल तथा लजहरु पर्याप्त नभएको गुनासोहरु आउने गरेका छन् । सेवासुविधा कम तर सेवा शूल्क भने अन्य ठाउँको तुलनामा मन्थली महंगो भएको पर्यटकहरुको गुनासो छ । यसतर्फ होटल ब्यवसायि तथा ब्यवसायिहरुले ध्यानदिनु आवश्यक छ । पर्यटकहरुले मन्थलीमा बस्न रुचाएनन् भने मन्थलीको ब्यवसाय फस्टाउन सक्दैनन । पहिलो कुरा मन्थलीमा पर्यटकलाई बस्ने वातावरण बनाउन आवश्यक छ । मन्थलीले पर्यटकलाई आकर्षित गर्न सक्यो भनेमात्रै मन्थली फस्टाउने हो । मन्थलीमा पर्यकटमैत्री वातावरण बनाउन सकिएन भने मन्थलीबाट पर्यटक लुक्का उड्नु र नउड्नुमा खासै फरक पर्दैन । मन्थलीमा मानिसको भिडमात्रै बढ्ने हो अर्थबृद्धि हुँदैन । पर्यटकलाई सेवा सुविधानमा खुसी बनाएर बढि शूल्क दिनु लिनु र उनीहरुको मन अमिलो बनाएर बढि शूल्क निकै फरक छ । पर्यटकलाई खुसी बनाएर त्यसअनुसारको शूल्क लिंदा राम्रो हुन्छ ।
नागरिक उडड्यान कार्यालय मन्थलीको लापर्बाहीले पर्यटकहरुले सास्ती पाउने गरेका छन् । नारिक उडड्यान कार्यालयको सेवालाई पनि ब्यवस्थित र चुस्त बनाउन आवश्यक छ । जहाज अवतरणको लागि विमानस्थल खाली हुँदाहुँदै विमानलाई आकाशमै कुराउने गरेको गुनासो पनि आउने गरेको छ । त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जान जरुरी छ । मन्थली विमानस्थलबाट लुक्सा आवजजावत गर्न साच्चिकै सहज वातरण छ भन्ने पर्यटकलाई महशुस गराउन आवश्यक छ ।
त्यसपछि स्थानीयले संस्कार सँस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैगरी रामेछाप जिल्लामा रहेको पर्यटकीय तथा धार्किक पर्यटकीय क्षेत्रको बारेमा जानकारी गराएर ती स्थानहरुमा पर्यटक जाने वातावरण बनाउन सकियो भने त्यस जिल्लाको आर्थिक समृद्धिको लागि महत्वपूर्ण योगदान पु¥याउने सक्ने छ । त्यसको लागि सबैभन्दा पहिला सदरमुकाम मन्थलीलाई पर्यटकमैत्री बनाउन आवश्यक छ ।

प्रतिकृया

Add