जुवाखालमा प्रहरीद्धारा छापा, २५ जुवाडे पक्राउ

 आइतवार, कार्तिक १०, २०७६ | onlinenews
Share this

१० कार्तिक, काठमाडौं– प्रहरीले काठमाडौंको एक जुवाखालबाट २५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालमा छापामार्ने क्रममा खालबाट दुई करोड ६७ लाख रुपैयाँ नगदसहित जुवाडेहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेका जुवाडेहरुलाई महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्तका अनुसार ठूलो मात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add