गुणस्तीय र सेवाग्राही मैत्री सेवाका लागि अन्तरक्रिया

 शुक्रबार, कार्तिक २९, २०७६ | onlinenews
Share this

रामेछाप– सुनापति गाउँपालिका–५ खनियापानीमा स्वास्थ्य संस्थासँग अन्तरक्रिया गरिएको छ । स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा गुणस्तरीय र सेवाग्राही मैत्री बनाउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
भए गरेका कामको समीक्षा र राम्रा अभ्यासको निरन्तरता तथा सुधार गर्नुपर्ने पक्षको प्रतिवद्धता एवं कार्ययोजना निर्माण गर्न अर्धवार्षिक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सेवाग्राही प्रति सेवा प्रदायकलाई जवाफदेही बनाउने र सेवाग्राहीहरुको गुनासो वा जिज्ञासाको बारेमा प्रश्नोत्तर गराउँदै व्यवस्थापकीय सुधार, सेवा विस्तार तथा सेवाग्राही मैत्री स्वास्थ्य चौकीका लागि आवश्यक खुल्ला छलफल गरिएको थियो ।
कार्यक्रममा सेवा लिएर फर्केका सेवाग्राहीसँग लिइएको अन्तरवार्र्ताबाट प्राप्त नतिजा समेत अन्तरक्रिया कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता विष्ट, वडा अध्यक्ष ठुलोकान्छा तामाङ, गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रवल कुमार योञ्जन, स्वास्थ्य चौकी इन्चार्ज विनोद मण्डल तथा भिरकोट सामुदायिक स्वास्थ्य इकाइका इन्चार्ज जवाफदेहि वक्ताका रुपमा रहेका थिए ।

स्वास्थ्य सेवासँग सम्बन्धित निकायबाट सञ्चालित कार्यक्रममा उपलब्ध सेवा र सुविधा सार्वजनिक गर्ने, सेवाको प्रभावकारीताको विषयमा सेवाग्राहीले उठाएका प्रश्नमा स्पष्टता ल्याउने, नागरिकबाट आएका समस्या, गुनासा तथा रचनात्मक सुझावलाई ग्रहण गरि जिम्मेवार संस्कार बसाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको परियोजनाका संयोजक तिलक कार्कीले जानकारी दिए ।
कार्यक्रममा यसअघिको अन्तरक्रियामा भएको प्रतिवद्धताहरुको प्रगति समीक्षा, सेवा प्रवाहको प्रकृया, भइरहेको अभ्यास तथा प्रगति बारेमा पनि छलफल गरिएको थियो । सेवा प्रवाहको क्रममा आएका समस्या, भोगाइ एवं जिज्ञासाको बारेमा छलफल गर्दै सेवा प्रदायक निकायलाई सेवाग्राहीप्रति जवाफदेही बनाउनु कार्यक्रमको उद्देश्यले रहेको कार्कीले बताए ।
महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, बाल क्लब सञ्जाल, महिला सहकारी, शिक्षक तथा नागरिक समाजको सहभागिता रहेको थियो । कार्यक्रम परियोजनाका संयोजक तिलक कार्कीले सहजिकरण गरेका थिए । कार्यक्रममा ५ बुँदे प्रतिवद्धता समेत गरिएको छ । पिएसएफ लक्जेवर्गका अध्यक्ष क्यामिल ग्रस र कार्यसमिति सदस्य मार्क, टिडिएच जर्मनीकी देशीय उपसंयोजक मोनी श्रेष्ठ, सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ र वडा सदस्यहरु निरीक्षकको रुपमा रहेका थिए ।

Share this

प्रतिकृया

Add