नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
३० कार्तिक, रामेछाप– नेपाली काँग्रेका उपसभापति, पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधीले वर्तमान सरकार अधिनायकवादी भएको आरोप लगाए । वर्तमान सरकारले संघीयता र बहुलबादलाई स्वीकार गर्न नसकी एकदलीय अधिनायकवादी भएको नेता निधीको भनाई छ ।
सरकारका मन्त्रीहरु कानून बनेन र केही गर्न सकिएन भनेर पञ्छिन खोजेको भन्दै त्यो लज्जाको विषय भएको निधीको भनाई छ । शक्ति र अधिकार केन्द्रिय, संघीय र स्थानीय सरकारमा नगई प्रधानमन्त्री कार्यालयमा रहेको भन्दै अधिकार प्रधानमन्त्रीमा केन्द्रीत हुनु मूलुककै लागि दुर्भाग्य भएको बताए । उनले भने–सरकार संविधा, संघीयता, लोकतन्त्र र प्रेस स्वतन्त्रताको विपक्षमा छ ।
अहिले सरकार आपैm संघीयतालाई कमजोर बनाउने खेलमा लागेको पनि आरोप लगाए । रामेछापबाट प्रशारण भइरहेको रेडियो तामाकोशीको दोस्रो साधारण सभा तथा साँस्कृतिक कार्यक्रमलाई संवोधन गर्दै नेता निधीले समृद्ध मूलुकको नारा दिंदै भ्रम सिर्जना गरेर संघीयतालाई अपाङ्ग, अधुरो र कमजोर बनाउने खेलमा सरकार आफै लागि परेको आरोप लगाए ।
दुई तिहाइको दम्भ भएर पनि सरकारकै प्रतिनिधिहरु धेरैजसो काम गर्न काँग्रेससँगै हारगुहार गरिरहेको भन्दै काँग्रेसविना मुलुक समृद्ध बन्न नसक्ने दावि गरे । राजा र राणा समेत ढालेको काँग्रेसँग वर्तमान सरकारलाई खबरदारी गर्न सक्ने ताकत छ नेता निधीले भने ।
जनता र मुलुकका लागि कांग्रेस संघर्ष गर्न तयार रहेको पनि बताए । पछिल्लो समय चुलिदै गएको सिमा विवादका विषयमा सरकारले उच्चस्तरीय कुटनीतिक पहल गर्नु पर्नेमा सरकार जिम्मेवार बन्न नसकेको समेत आरोप लगाए ।
जनताले चाहेको राजनैतिक अधिकार र विकासको अधिकार कांग्रेसकै योगदानको उपलब्धी रहेको निधीको भनाई थियो । नेपालमा भएका सबैखाले विकास काँग्रेसकै नीतिको उपलब्धी भएको बताए ।
काँग्रेसको हार बिग्रनका लागि नभइ सुधारका लागि भएको भन्दै काँग्रेस आफैले पनि सच्चिनु पर्ने नेता निधीले बताए । काँग्रेसलाई सुधार्नकै लागि जनताले हराएको भन्दै यसबाट काँग्रेसले पाठ सिकेर अगाडि बढ्नु पर्ने बताए ।