विकासको बाधक भनेकै निजी सम्पत्ती होः नगर प्रमुख बस्नेत

सबैभन्दा बढी कर तिर्ने मन्थली बचत सम्मानीत

 मङ्लबार, मंसिर ३, २०७६ | onlinenews
Share this

३ मंसिर, रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले नेपालको विकासको बाधक भनेकै निजी सम्पत्ती भएको बताए । जमिन ब्यक्तिको भएसम्म मूलुकको विकास नहुने पनि नगर प्रमुख बस्नेतले दावि गरे ।
सडक निर्माण गर्न जमिन दिंदैन, स्वास्थ्य भवन, विद्यालयको भवन या विकास संरचना निर्माण गर्नुपर्दा जमिन कसैले दिंदैनन्, मेरो जमिन भन्छ र मुआब्जा कति आउछ भनेर बार्गेनिङ्ग गर्छ अनि कसरी हुन्छ विकास नगर प्रमुख बस्नेतले भने ।
करको विषयमा अनावश्यक आतंक फैलिएको भन्दै कसैले पनि आत्तिनु नपर्ने बताए । कर कमाउनेले तिर्ने हो नकमाउने तिर्नु पर्दैन, त्यसैले करको विषयलाई लिएर कसैले पनि आत्तिनु पर्दैन उनले भने ।
आठौं राष्ट्रिय कर दिवसको अवसरमा मन्थलीमा आयोजना गरिएको कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगर प्रमुख बस्नेतले यस्तो बताएका हुन् ।


नगरपालिकाको समृद्धिको लागि काम गर्न खोज्दा पत्रकार बाधक भएको पनि नगर प्रमुख बस्नेतले आरोप लगाए । उनले भने सुन्दर नगर, सभ्य नगर र सफा नगर बनाउन खोज्दा पत्रकारले मेयरको विरुद्धमा समाचार लेख्छ अनि कसरी हुन्छ सुन्दर नगर ।
पसलमा भाटा तेसर््याएर सडक पेटिमा हिड्ने यात्रुलाई समेत बाध पुग्ने गरि समान राख्ने ब्यवसायिहरुलाई कारबाही गरिने पनि नगर प्रमुख बस्नेतले बताए । उनले भने– बजारलाई सुन्दर बनाउने हो, सुन्दर बजार बनाउन सकिंदैन भने कुरुप बनाउने अधिकार कसैलाई पनि छैन ।
मन्थलीमा ६० वटा घरहरुले मात्रै नक्सा पास गरेको भन्दै मन्थलीमा ६० वटा मात्रै घरहरु छन् नगरप्रमुख बस्नेतले प्रश्न गरे । मापदण्ड विपरीत घर निर्माण गर्ने अनि अभिलेखिकरणमा राख्ने प्रबृत्ती छ, अभिलेखिकरणमा राखिएका घर राज्यलाई चाहिएको बेला भत्किन्छ, त्यसको घटा घर निर्माण गर्नेलाई नै हुने हो उनले भने ।


२० हजार सटर भाडा तिर्नेले ३ हजार रुपैयाँ भाडा छ भनि तीन हजारको मात्रै नगरलाई कर तिर्ने गरेको बताए । उनले भने–सबैले बेइमानी गरिरहेका छौं । सबैले सही सत्य काम गर्ने हो भने नगरको विकास हुन समय नलाग्ने पनि बताए ।
सुनकोसी २ परियोजनाको बारेमा नआत्ति पनि नगर प्रमुख बस्नेतले आग्रह गरे । जाइकाले सन १९८५ देखि अध्ययन गरिरहेको भन्दै अहिले डिजाइन भइरहेको बताए । वातावारण प्रभाव मूल्यांकनको लागि अहिले अध्ययन भइरहेको बस्नेतले बताए ।
परियोजना सञ्चालन भएमा रामेछापको अस्थित्व नै नामेट हुने भएकाले परियोजना सञ्चालन कार्यान्वयन हुन नहुने पनि उनले बताए । परियोजना सञ्चालन हुँदा मन्थली नरपालिका कोल्याप्स् हुने र रामेछाप जिल्लाको अस्थित्व नै मेटिने भएकाले परियोजना सञ्चालन हुनुहुदैन भन्ने पक्षमा नगरपालिका रहेको पनि नगर प्रमुख बस्नेतले बताए ।


त्यसैगरी रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले देशलाई समृद्ध बनाउनको लागि सबै नागरिकले कर तिर्नुपर्ने बताइन । करदातालाई भार नपर्ने गरि न्यायोचित कर प्रणाली लागू गर्नुपर्ने पनि उनले बताइन ।
करदाता र कर प्रशासक दुवै पक्ष पारदर्शी, ब्यवसायिक र सदाचारि बन्नु पर्ने महत्वपूर्ण र चुनौतिपूर्ण पनि रहेको प्रजिअ केसीले बताइन । रामेछाप जिल्लाका करदाता वा ब्यवसायिहरुले तिरेको कर र स्वतस्पूmर्त सहभागिताले कर्मचारीलाई पनि गर्वान्वित गराएको भन्दै सबैलाई धन्यवाद पनि दिइन ।
आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय धुलीखेलको आयोजना र रामेछाप उद्योग बाणिज्य संघको समन्वयमा कर दिवस मनाइएको हो । कर दिवसको अवसरमा बिहान ¥याली निकालिएको थियो । मन्थलीस्थित देवकोटा चोकबाट सुरु भएको ¥याली मदन आश्रीत चोक, कटहरबोट हुदै बजार परिक्रमा गरि जिएस होटलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कर दिवसको अवसरमा रामेछाप जिल्लाको सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान पनि गरिएको छ । रामेछापको सबै भन्दा ठूलो करदाताको रुपमा मन्थली बचतलाई कदर पत्रद्धारा सम्मान गरिएको हो ।

Share this

प्रतिकृया

Add