पेरिस प्रहरीको बन्दुक खोस्न खोज्दा गोली हानियो, एकको मृत्यु

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

फ्रान्सको पेरिसस्थित ओर्ली विमानस्थलमा प्रहरीले गोली हानेर एकजनाको हत्या गरेको छ । विमानस्थलमा रहेका प्रहरीको हतियार खोस्न खोजेपछि उनलाई गोली हानिएको अधिकारीहरुले बताएका छन् ।
गोली चलेको आवाजपछि विमानस्थलमा रहेका यात्रुलाई सुरक्षित स्थानतर्फ सारिएको र विमानस्थलभित्र कसैलाई पनि प्रवेश गर्न नदिइएको बिबिसीले जनाएको छ । ओर्ली पेरिसमा रहेको दोस्रो ठूलो विमानस्थल हो । अहिले बम डिस्फोजल टोलीसहित प्रहरीले विमानस्थलको निरिक्षण गरिरहेको छ ।
ओर्ली विमानस्थल भएर यात्रा गर्ने तयारी गरेकालाई अर्को उपाय खोज्न अनुरोध गरिएको छ ।

प्रतिकृया

Add