रामेछाप नगरपालिकाले मंसिर १४ देखि २८ गतेसम्म स्वास्थ्य शिविर सञ्चालन गर्ने

 शुक्रबार, मंसिर १३, २०७६ | onlinenews
Share this

१३ मंसिर, रामेछाप– रामेछाप नगरपालिकाले विगत बर्ष जस्तै यस बर्ष पनि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गर्भवति महिलाहरु र दाँत सम्बधी रोग लागेको बिरामीहरुलाई लक्षित गरि नगरपालिकाले यहि मंसिर १४ गतेदेखि २८ गतेसम्म नियमित घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले जानकारी दिए ।
विरामीहरुलाई अस्पतालसम्म जानआउन समस्या भएको र धेरै खर्चिलो पनि हुने भएकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गारउने उद्देश्यले घुम्ती शिवर सञ्चालन गर्न लागिएको नगर प्रमुख मगरको भनाई छ ।
रामेछाप नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाको धारापानी सामुदायिक स्वास्थ्य इकाईमा मंसिर १४ गते शनिबार, रामपुर स्वास्थ्य चौकीमा मंसिर १५ गते आइतबार, ओख्रेनी स्वास्थ्य चौकीमा मंसिर १६ गते सोमबार, हिमगंगा स्वास्थ्य चौकीमा मंसिर १९ गते बिहीबार र वडा नम्बर ७ चाँदेभञ्ज्याङ शहरी स्वास्थ्य केन्द्रमा मंसिर २० गते शुक्रबार शिविर सञ्चालन हुनेछ ।
त्यसैगरी वडा नम्बर ९ ल्याङल्याङ शहरी स्वास्थ्य केन्द्रमा मंसिर २१ गते शनिबार, गोठगाउँ स्वास्थ्य चौकीमा मंसिर २६ गते बिहीबार, साँघुटार स्वास्थ्य चौकीमा मंसिर २७ गते शुक्रबार र देउराली स्वास्थ्य चौकीमा मंसिर २८ गते शनिबार शिविर सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add