मिरा गिरीको “अमिलो अम्चुर” बजारमा

 आइतवार, मंसिर २२, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल
काठमाडौं–चर्चित लोक गायिका मिरा गिरीले “अमिलो अम्चुर” बोलको लोक दोहोरी गीत बजारमा ल्याएकी छन् ।
गिरीले “अमिलो अम्चुर” हालै बजारमा ल्याएकी हुन् । “अमिलो अम्चुर” बोलको लोक दोहोरी गीतमा मिरा गिरी र नेत्र भण्डारीकोे स्वर रहेको छ भने रमेश विजीको शब्द रहेको छ भने ध्रुवराज धितालले म्यूजिक भरेका छन् ।
मिरा गिरीको ब्यक्तिगत यूट्युव च्यानलबाट सार्वजनिक गरिएको “अमिलो अम्चुर” म्यूजिक भिडीयो सार्जजनिक भएको एक हप्तामै टिकटकमा भाइरल भएको छ ।
त्यसैगरी “अमिलो अम्चुर” को एरेञ्ज कृष्ण वि.क.ले गरेका हुन् । “अमिलो अम्चुर” गीतमा सुनिल क्षेत्री, रिचा थापा लगायतले अभिनय गरेका छन् । सुनिल क्षेत्रीले निर्देशन गरेको “अमिलो अम्चुर” गीतको म्यूजिक भिडीयोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

प्रतिकृया

Add