भ्रमण वर्ष २०२० को अवसरमा दीपावली

 बुधबार, पुस १६, २०७६ | onlinenews
Share this

रामेछाप– भ्रमण वर्ष २०२० को अवसरमा रामेछापको सदरमुकाम मन्थली बजारमा दीपावली गरिएको छ । देवकोटा चोक टोल सुधार समितिले भ्रमण वर्ष २०२० को अवसरमा दीपावली गरेको हो ।
भ्रमण वर्ष २०२० मा २० लाख भन्दा बढी पर्यटक भित्र्याउने नेपाल सरकारको लक्ष्य प्राप्तिको लागि सहयोग पु¥याउन प्रचारप्रसार गर्ने उद्देश्यले भ्रमण वर्षको शुभारम्भमा दीपावली गरिएको देवकोटो चोक टोल सुधार समितिका अध्यक्ष सुरेश उदासले जानकारी दिए ।


टोल सुधार समितिले आफ्नो टोल अन्तर्गत रहेका ४६ घरमा मैन बत्ती बालेर दीपावली गरेको हो । टोल सुधार समितिले मैन बत्ती किनेर आफ्नो टोल अन्तर्गतका सबै घरहरुलाई वितरण गरेको थियो ।
भ्रमण वर्ष २०२० लाई सफल पार्न पर्यटक भित्र्याउनको लागि गाउँगाउँबाट प्रचारप्रसार गरि सहयोग पु¥याउने उद्देश्यले टोल सुधार समितिले दीपावली कार्यक्रम गरेको बताइएको छ ।

Share this

प्रतिकृया

Add