लक्षित वर्गका लागि निःशूल्क स्वास्थ्य शिविर

 सोमवार, पुस २८, २०७६ | onlinenews
Share this

२८ पौष, रामेछाप– दोरम्बा गाउँपालिकाले ज्येष्ठ नागरिक, दलित, महिला, अपाङ्ग र जनजाति समुदायलाई लक्षित गरि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँपालिकाले लक्षित समुदायको लागि विनियोजन गरेको बजेटबाट छाती रोग विशेषज्ञ सहितको चिकित्सक टोलीलाई गाउँपालिकामा झिकाएर शिविर सञ्चालन गरेको हो । शिविरमा स्वासप्रस्वासमा समस्या भएका तथा छाती सम्बन्धित रोग भएका विरामीहरुलाई लक्षित गरि निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको दोरम्बा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कमल भट्टराईले बताए ।
गाउँपालिकामै शिविर सञ्चालन गर्दा आपूmहरुले सहज रुपमा सेवा पाएको दमको उपचार गराउन आएकी कान्छी थामीले बताइन । गाउँमै स्वास्थ्य शिविर आयोजना गरेर विशेषज्ञ डाक्टरद्धारा सेवा दिएकोमा थामीले गाउँपालिकालाई धन्यवाद पनि दिइन ।


दम तथा छाती रोग सम्बन्धि विरामी काठमाडौं जाँदा विशेषज्ञ डाक्टरलाई भेट्न नसकिने भएकाले त्यस्ता विरामीलाई विशेषज्ञ डाक्टरबाट उपचार दिने उद्देश्यले स्वासथ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख भट्टराईको भनाई छ । नेपालको सरकारी सेवामा रहेका दुई जना छाती रोग विशेषज्ञ मध्य एक जनालाई दोरम्बामा ल्याएर स्थानीयलाई स्वास्थ्य सेवा दिन आफूहरु सफल भएको उनले बताए ।


शिविरमा स्वास्थ्य परीक्षण गराउन आएका विरामीलाई रोग अनुसार १ महिनाको लागि निःशूल्क औषधी पनि प्रदान गरिएको छ । स्वास्थ्य परीक्षण गर्न आएका विरामीलाई यातायतात भाडा र खानाको ब्यवस्था समेत गाउँपालिकाले नै गरेको होे ।
शिविरमा आउँने विरामीलाई फलपूmल पनि वितरण गरिएको थियो । एक दिने निःशूल्क स्वास्थ्य शिविरमा लक्षित समुदायका दम तथा छाती समबन्धित रोग भएका १ सय ५० जना विरामीले सेवा लिएको दोरम्बा गाउँपालिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add