प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
दिपक गौतम
लखनपुर २ को रिष्ठेमा मेरो स्थायी बसोवास छ । विदेश जानुभन्दा अघि राम्रैसँग किराना पसल, होटल अनि कुखुरापालन व्यवसाय गर्थें । दैनिक आठ हजारको व्यापार पनि हुन्थ्यो । तर पनि गाँउतिरका प्रायः सबै विदेश गएको देखेर मलाई पनि बिदेश जाने भुतले छोयो ।
काठमाण्डौंको कुपन्डोलमा रहेको एक म्यानपाव कम्पनीबाट २०६७ सालमा युएई गएँ । जेवलली फ्रिजोनमा रहेको चुरोट कारखानामा काम गर्थें । दैनिकी चुरोटमा सुर्ति राख्ने र फिल्टर राखेर बित्थ्यो ।
विस्तारै हेल्परको कामबाट मेसिन पनि चलाउन सिकें । अनि बढुवा भएर मेसिन अप्रेटर भएँ । मासिक २० हजार रुपैयाँ कमाउथें । बस्नको लागि कम्पनीले व्यवस्था गरे पनि खाना खर्च आफ्नै हुन्थ्यो ।
खाएर बाँकी रहेकोले जेनतेन मासिक खर्च मात्र पुग्थ्यो । कमाउन नसकेपछि घरबाट पनि दवाव आउन थाल्यो । बरु तेरो पैसा चाहिँदैन सकुशल नेपाल आइज भन्न थाले ।
३३ महिना बसेपछि घरको दवावका कारणले नेपाल फर्किएँ । जेनतेन त्यतिवेला लिएको ऋण तिरें । गाउँमा जग्गा सस्तै पाइने भएकाले थोरै जग्गा पनि जोडें ।
पहिलाको व्यवसाय केहि पनि थिएन । अनि फेरि पनि विदेश जानु पर्ने वाध्यता भयो । युएईमा कमाउन नसकेपछि यस पटक भने मलेसिया जाने साचें र जिनेलो ओभरसिजबाट २०७० सालमा मलेसिया हानिएँ । मलेसियाको केलाङसेलेङ्गरमा रहेको स्मार्ट ग्लोवस् कम्पनीमा नयाँ काम सुरु गरें । टेक्निसियनको काम पनि त्यति सजिलो थिएन ।
निक्कै तातोमा काम गर्नु पथ्र्यो ग्लोव्स कम्पनीमा । मासिक तलव सुरुमा ६ सय रिंगिट मात्रै थियो । ६ माहिना पछि बल्ल तलब बढेर ९ सय रिगिंट पुग्यो ।
आफु त पहिल्यै देखि खर्चालु सानैदेखि लागेको बानी कहाँ सजिलै जाँदो रहेछ र ! साथीभाइसँग चुरोट खाने, बेलुकी तास खेल्ने अनि टोटो काट्ने बानी लाग्यो मलेसियामा ।
तलव थोरै भएकाले महिना मर्नु अघि नै तलव सकिन्थ्यो । कहिले कहिँत उल्टै ऋण लाग्थ्यो । हुँदा हुँदै ३९ महिना बितेछ ।
कमाएर ल्यनाउन त के नेपाल फर्किने खर्च समेत भएन । धन्न पहिले नै ऋण तिर्नको लागि घरमा डेडलाख रुपैयाँ चाँहि पठाएको थिएँ ।
कमाउन नसकेपछि फेरिपनि घर आउन दवाव आयो । घर आउन पैसा छैन भनेपछि घरबाट पैसा झिकाएर २०७३ असारमा घर फर्किएँ ।
अब त विदेश जान पनि परिवारले दिँदैनन् । कमाउँछ भन्ने विश्वास गर्न छाडे । दुई छोरा र एक छोरी हुर्किंदैछन् । परिवारसँगै यहिँ खेती गरेर बस्छु ।
(सुरक्षित आप्रवासन परियोजना अन्र्तगत सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका कार्यक्रम अधिकृत सागर बिक्रम बस्नेतले गरेको कुराकानीमा आधारित)