प्राविधिकसहितको टोलीले गर्यो खुर्कोट पुलको निरीक्षण
शुक्रबार, अशोज १८, २०८१
एकै ठाउँमा बसिरहँदा छोराको याद आइरहन्छ, त्यही भएर केही न केही काम गरिरहन्छु । कहिले बाख्रा चराउन जान्छु, कहिले भैसी गोठालो जान्छु त कहिले घाँस स्याउला गर्न, साउदीमा सडक दुर्घटनामा परी ज्यान गुमाएका मन्थली नगरपालिका वडा नं. ८, राताघरका लेखनाथ काफ्लेकी आमा सीता काफ्लेले रुँदै सुनाइन् ।
घरको आर्थिक अवस्था कमजोर भएको कारण लेखनाथ काफ्ले धन कमाएर परिवारलाई आर्थिक रुपमा सम्पन्न बनाउने उद्देश्यले २०६५ सालमा पहिलो पटक विदेशिएका थिए । उनले वि.स. २०६५ देखि २०६७ सम्म साउदीमा बस्दा राम्रै पैसा कमाएका पनि थिए । उनि पहिलो पटक २ वर्ष साउदी बसेर घर फर्किएका थिए । पहिलो पटक साउदीबाट ल्याएको पैसाले विदेश जाँदा गरेको ऋण तिरे, घर बनाए अनि काठमाण्डौंमा समेत आठआना जग्गा जोड्न भ्याए । उनको आगमनसँगै घरका बुबाआमा पनि खुशि हुनुहुन्थ्यो । एक पटक विदेशमा राम्रै कमाई गरेर घर फर्किएका उनलाई अझ धेरै पैसा कमाउने लालसा जाग्यो । उनि फेरि २०६९ सालमा दोश्रो पटक साउँदी नै हानिए ।
दोश्रो पटक पनि १ वर्षसम्म राम्रै थियो । साउदी पुगेको १९ महिना नवित्दै सवारी दूर्घटनामा अचानक उनको मृत्यु भयो । उता कान्छा छोराको मृत्युसँगै यता घरमा पनि आमा बुबाको दुःखका दिन सुरु भयो । २०७१ साल असोज ३० गते ड्यूटीमा जानेक्रममा सवारी दूर्घटनामा काफ्लेको मृत्यु भएको थियो । सडकमा गुडिरहेको गाडी तीव्र गतिका कारण सडक पर्खालमा ठोक्कीदा झ्यालको छेउमा बसेका उनि आफै झ्याल खुलेर सडकमा पछारिएर उनको मृत्यु भएको थियो । आफ्नो बुढेसकालको साहारा अनि आपूmलाई पालनपोषण गर्ने आश गरेका कान्छो छोराको विदेशमा मृत्यु भएको दिनदेखि आजसम्म घरमा आमा बुबाको आँखामा आँशू ओभाएको छैन ।
वैदेशिक रोजगारीमा गएकाहरुको हितमा काम गर्दै आएका सामी परियोजना अन्तर्गत सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र मन्थलीका मनोपरामर्शकर्ताहरु उनको घरमा पुगेर छोराको वियोगमा डुबेका बुबा आमालाई सम्झाई बुझाई गर्दै आएका छन् । बेलाबेलामा हामीलाई सम्झाउन कता–कताका भाई बहिनीहहरु आउँछन् उनीहरुको कुरा सुन्दा अलि सितल भएजस्तो लाग्छ, उनीहरु गएपछि फेरि त्यही छोराको याद आउँछ अनि फेरि रुन्छु, काफ्लेकी आमा सीता काफ्लेले भनिन् । उनले भनिन्–छोराको याद आउँदा मनै एकोहोरो हुन्छ, कहाँ छु, के गर्दैछु, कता हिडिरहेको छु आफैलाई थाहाँ हुँदैन । अनि अहिले गरेको कुरा एकछिनपछि विर्सिन्छु । छोराको याद र पीडाले मलाई यहाँसम्म पु¥यायो, ६३ वर्षिय सीता काफ्लेले आफ्ना पीडा पोखिन् । मृतक काफ्लेका बुबा ७४ वर्षिय मेदीनीप्रसाद काफ्लेको पीडाको कथा पनि उस्तै छ । उनी भन्छन् छोराको सम्झाना नआओस् भनेर यो उमेरमा पनि हिडिरहन्छु डुलिरहन्छु ।
सीता र मेदीनीनाथका ४ भाई छोराहरुमध्य लेखनाथ कान्छा छोरा हुन् । अहिले जेठो छोरो छुट्टिएर गाउँमै छन् भने माइला र साइला छोरा रोजगारिको सिलसिलामा काठमाडौंतिर बस्छन् । सीता र मेदीनीनाथ अहिले साइली बुहारीको साथमा गाउँमै बस्दै आएका छन् ।
पैसा कमाउन विदेश गएका छोरा उतैबाट कहिल्यै घर नर्फकिने बाटो लाग्दाको पीडा र बेदना त छँदैछ, छोरा विदेश जाँदा गरेको ऋण कसरी तिर्ने भन्ने पीर पनि थपिएको छ, सीता र मेदीनीनाथलाई । दोश्रो पटक साउदी जाँदा म्यानपावर कम्पनीलाई १ लाख रुपैयाँ बुझाएर गएका लेखथान पहिलो पटका कमाएर ल्याएको पैसा घर बनाउन र साहुको ऋण तिरेर केहि पैसा ऋण समेत गरेर काठमाण्डौंमा समेत जग्गा किने ।
जग्गा किन्दाको ऋण, पहिलाको ऋण, घर बनाएको ऋण गरी बिदेशबाट ल्याएको सवै पैसा सकिएपछि पुनः ऋण काढेर गएका थिए । त्यो ऋण तिर्न अझै बाँकी नै रहेको मेदीनीनाथले बताए । त्यतिमात्र होइन घरमा हाल साईली बुहारी सित बस्दै आएकी सितालाई बुहारीले गर्ने व्यवहार चित्त बुझेको छैन । उमेरले ६० काटेकी सीता र ७० नाघेका मेदीनीथान घरमा भएका छोराबुहारीसित सन्तुष्ट नभएपछि यसपालिको दशैँमा सबै छोराहरुलाई घरमा बेलाएर बुढाबुढी छुट्टिएर बस्ने सोचमा छन् । उमेरले ६० र ७० वर्ष नाघेका ती बृद्धबृद्धा बाँकी जीवन कसरी विताउने भगवान भरोसामा छन् ।