रामेछाप महोत्सवमा आपूmलाई अपमान गरिएको गायिका सुनुवारको गुनासो

 बुधबार, फाल्गुन ७, २०७६ | onlinenews

७ फागुन, रामेछाप– लोक गायिका कल्पना सुनुवारले रामेछाप महोत्सव आयोजकले आपूmलाई अपमान गरेको गुनासो गरेकी छ । दोश्रो रामेछाप कृषि, पर्यटन, साँस्कृतिक तथा औधोगिक ब्यापार महोत्सव २०७६ मा सहभागि हुने कलाकारहरुको सूचीमा आफ्नो नाम र फोटो हटाएर अर्को ब्यक्तिको नाम राखेर आपूmलाई अपमान गरेको बताइन ।


पहिले तयार गरिएको ब्यानरको कलाकारहरुको सूचीमा मेरो पनि नाम र फोटो राखिएको थियो तर मलाई हटाउनकै लागि आयोजकले पछि अर्को ब्यानर प्रिन्ट ग¥यो उनले भनिन् । ब्यानरमा पहिले नै मेरो नाम र फोटो नराखेको भए मेरो गुनासो हुने थिएन तर पहिला मेरो नाम र फोटो राखियो पछि हटाएर अर्कैको नाम राखियो त्यसले मलाई निकै दुःखी बनाएको छ उनले भनिन् ।


मेरो फोटो हटाएर जसको फोटो राखिएको छ, मेरो उहाँप्रति कुनै गुनासो छैन र म उहाँको विरोधी हैन, विरोध गर्न पनि चाहन्न । तर आयोजकले जुन रवैया देखायो त्यसमा भने मेरो आपत्ति छ उनले भनिन् । म रामेछापकै कलाकार हुँ, रामेछाप महोत्सवमा नबोलाए पनि मैले आउने हक राख्छु, उनले भनिन मलाई नियतबस अपमान गर्ने काम भयो त्यसमा दुःखी छु । आयोजको यस्तो कार्यले आफ्नो मात्रै नभएर समग्र जिल्लाबासी कलाकारहरुकै अपमान भएको पनि बताइन ।

प्रतिकृया

Add