फागुन २५ देखि २८ गतेसम्म “दोस्रो सुनापति गाउँपालिका अध्यक्ष कप–२०७६” हुुने

 बुधबार, फाल्गुन १४, २०७६ | onlinenews

१४ फागुन, रामेछाप– रामेछापको सुनापति गाउँपालिकामा “दोस्रो सुनापति गाउँपालिका अध्यक्ष कप–२०७६” हुने भएको छ । सुनापति गाउंपालिका खेलकुद विकास समितिको आयोजनामा यही फागुन २५ गतेदेखि २८ गतेसम्म ‘दोस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७६’ हुन लागेको हो ।
सुनापति गाउँपालिका कार्यालय हिलेदेवीको खेल मैदानमा हुने प्रतियोगितामा भलिबल र ब्याटमिन्टन खेल समाबेस गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सुनापति गाउँपालिका अन्तर्गतका क्लब, संघ÷संस्था र वडाको टिम सहभागि हुने सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको प्रायोजक सुनापति गाउँपालिका रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ४४ हजार ४ सय ४४, द्धितीय ३३ हजार ३ सय ३३, तृतीय पुरस्कार २२ हजार २ सय २२ रुपैयाँ साथै शिल्ड, मेडल र प्रमाण–पत्र रहेको छ । त्यसैगरी सान्तना पुरस्कार ११ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण–पत्र रहेको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडीहरुलाई १ हजार १ सय ११, उत्कृष्ट स्पाइकर ५ सय ५५, उत्कृष्ट सटर ५ सय ५५, उत्कृष्ट ब्लकर ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ सय ५५, उत्कृष्ट सर्भर ५ सय ५५ सहित शिल्ड मेडल र प्रमाण–पत्रको प्रदान गरिने छ ।
ब्याटमिन्टन तर्फ प्रथम प्रथम पुरस्कार ५ हजार ५ सय ५५, द्वितीय ३ हजार ३ सय ३३, र तृतीय पुरस्कार २ हजार २ सय २२ रुपैयाँ साथै शिल्ड मेडल र प्रमाण–पत्र रहेको छ भने सान्तना हुनेले १ हजार १ सय ११ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५ सय ५५ रुपैयाँ सहित शिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नक आउटका आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया

Add