लकडाउनलाई नजरबन्द नसम्झौं

 मङ्लबार, चैत्र १८, २०७६ | onlinenews

सन्तोष ढुङ्गेल


चीनको वुहानबाट जन्मलिएको भनिएको (कोभिड १९) अर्थात कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिइरहेको छ । जसको कारण विश्व नै स्तब्ध बनिरहेको छ । इरान र इटालीजस्ता देशले सबैभन्दा भढी नोक्सानी ब्यहोरी रहेका छन् । कोरोना भाइरसको प्रकोपबाट शक्ति राष्ट्रहरु शिथिल भएका छन ।
नेपालमा पनि पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको अबस्थामा हामी जिम्मेवार हुनु जरुरी छ । संकटको सामना हामी सबैको दायित्व हो । यो बेला यो उ भन्दा नि सबैले सबैलाई सहयोगी भावले काम गर्नु पर्दछ । सरकारले गरेको लकडाउनलाई नजरबन्द नसम्झिएर अनुशासित भएर पालना गरौ । रोगले धनी गरीब ठूलो सानो भन्दैन । रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ ।
हेलचेक्राई गरेर विपद् निम्त्याउन कोहि नलागौं । गाउँघरतिर खसी, रागो, कुखुरा काट्ने जुवातास खेल्ने दशैँ तिहार जस्तो भएको कुरा पनि सुन्नमा आएको छ ।
आफ्नो स्वस्थ्यको प्रवाह नगरी आफ्नो घरपरिवारदेखि अलगिएर युद्धको समयमाझै सडकमा खटिने सुरक्षाकर्मीलाई अबरोध नगरौं । राज्यको नियम नमान्दा कहिलेकही हामी त्यसको सजाएको भागिदार हुनुपर्छ नै । अस्पतालमा जोखिम मोलेर नागरिकको स्वास्थ्य उपचारमा खटिनु भएका भगवानरुपी स्वास्थ्यकर्मीहरुलाई सहयोग गरौं, भिडभाड नगरौ एउटा सभ्य नागरिकको परिचय दिने बेला यहि हो ।
अहिले विश्वको ध्यान यो भाइरस कसरी नियन्त्रण गर्ने र यसको औषधी पत्ता लगाउने भनेर लागिपरेको छ । नेपालमा पनि दैनिक संक्रमितको संख्या बढ्दै जाने हो भने सम्झनुस कति कहालीलाग्दो हुन्छ हाम्रो अवस्था । अझ नाम चलेका केही निजी स्वस्थ्य संस्थाहरुले त खुलेरै कोरोना संक्रमितको उपचर नगर्ने भनिरहेका छन् । सरकारी अस्पतालले कति धान्न सक्छ र ? यो सब कुराको सावधानी भनेको सरकारले अहिले गरेको निर्णय पालना गर्ने हो । यसको समय अझ लम्बिने हो भने केही कुरालाई ब्यवस्थित गर्नु पर्ने देखिन्छ । यसको लागि केही सुझाव प्रस्तुत गर्दछु ।
१, दैनिक उपभोग्य सामग्रीको ढुवानीलाई ब्यावस्थित गर्नु पर्दछ ।
२, अस्पतालहरुमा औषधी लगायत अत्यवश्यक सामग्री मात्रा प्रर्याप्त हुने वातावरण मिलाउनु पर्दछ ।
३, महङ्गी नियन्त्रण गर्न खाद्यान्न राहात प्याकेज ल्याउनु पर्दछ ।
४, सकिन्छ भने सम्पूर्ण जिल्लामा भाइरस जाच्ने किड उपलब्ध गराउन सके नागरिकले सुबिधा पाउने छन ।
अन्त्यमा आफू बाँचौ र अरुलाई पनि बचाऔं । हामी बाँचे हाम्रो परिवार सामाज बाँच्ने छ । सिङ्गो देश नै बचाउनु पर्ने कर्तव्य हाम्रो हो । संकटको बेला सफा मनले आफ्नो कर्तव्यप्रति जिम्मेवार हुनु जरुरी छ । सजक र सचेत भएर लकडाउनको पालना गरौ । संक्रमित भएको शंका लागे अरुदेखि टाढा भैदिनुहोला ।

प्रतिकृया

Add