कोरोना (कोभिड १९) महामारिको कालो इतिहास (प्रकृति, मानव सम्बन्ध र नेपाल)

 बुधबार, बैशाख ३, २०७७ | onlinenews

नारायण खड्का


कुनै पनि भाइरस यानिकी विष (poison) लाई बुझाउछ, यसको कुनै आत्मा हुुुँदैन । नत यो जीव हो नत यो निर्जिव नै हो । जीव भनौं भने अक्सिजन लिदैन र कार्बनडाइअक्साइड फ्याक्दैन न त यसले आफैले सन्तान उत्पादन नै गर्छ । मानेछेको शरीरमा जब यसले प्रबेश पाउँछ अनि यसको सन्तान उत्पादन हुन्छ । त्यसैले यसलाई वैज्ञानिकहरुले जीव र निर्जिब बीचको एक अंंश हो भनेका छन् । यस्तो पनि दिन आउँछ भनेर सायदै कसैल सोचेका पनि थिएनन् होला । चिनको बुहान शहरबाट सुरु भएको यो भाइरसले जब चिनीयाहरुको एकाएक ज्यान लिन पुग्यो र December17-2019  मा चीनले विश्व स्वास्थ्य सङ्गठ्न (WHO) लाइ जानकारी गराए पश्चात् एकाएक संसारभरी जानकारी भयो र एकाअर्कामा हात मिलाउन नहुने, सङ्गै बस्न नहुने, घरको पारिवारिक सदस्यबीच संकाको घेरामा बस्नुपर्ने र संसारका करिब ५ अरब मानिस पिजडारुपी आ–आफ्नो घरको Lockdown मा कैद हुन पुगे र यो दिन अझै लम्बिदै बड्दै छ । कति दिनसम्म, कति हप्तासम्म्म, कति महिनासम्म बस्नुपर्ने हो ? यसको उत्तर कसैसँग छैन ।
विश्वका हरेक दशकमा, हरेक शताब्दीमा वा अन्य कुनै समयमा विभिन्न महामारी नभएका होइनन् । विभिन्न कालखण्डमा विभिन्न देशमा यस्ता महामारीहरु देखिएका थिए । जस्तो छैठौ शताब्दीमा प्लेग, १४ औं शताब्दीमा Black death, १७ र १८औं शताब्दीमा इबोला, एड्स, स्वाइनफ्लू, बर्डफ्लू र नेपालमा पनि हैजा, मलेरिया, इन्सेफ्लाटिस हुदैै सन १९१८ ताका त स्पेनिसफ्लू (सन २००७÷००८ तिर स्पेनमा आर्थिक मन्दि हुँदा आएका समाचारमा पुरै युरोप, अमेरिका, भारतमा मात्रै लगभग १ करोड ३० लाख गरि करोडौं मानिसको ज्यान गुमाएका कुरा हामीले पढ्न पाउँछौ ।
यो कोरोना भन्दा अगाडि संसारमा जतिपनि महामारी फैलियो प्रायः सबै अल्पविकसित, अशिक्षित र गरबी देशहरूमा मात्र फैलियो । विकसित मुलुकहरू, शक्तिसम्पन्न देशहरूलाई त्यसले छुएन । यस्तो महामारिमा धनी राष्ट्रहरुले गरिबी रास्ट्रलाई केही राहतका नामम सहयोग गरेता पनि अरबौ अरब डलरमा अति महंगोमा औषधि, स्वास्त्थ उपकरण, उपचार पद्दित, स्वास्थ जनशक्ति बेचेर पूँजी कमाएका थिए र आफ्ना देशमा आगमनमा रोक लगाएका थिए । यो त गरिबी राष्ट्रको रोग हो भनेर गिज्याएका उदाहरणहरु छन । चिनको बुहानबाट सुरु भएको कोरोना आज २ सय १० राष्ट्रमा फैलिदै १ लाख १८ हजार भन्दा बढीको ज्यान गइसकेको छ । करिब १९ लाखमा संक्रमण भएको छ र करिब ५ लाख उपचार पछि घर फर्केका छन भने नेपालमा १४ जनामा संक्रमण पुस्टी भएको छ । आज पूरै विश्व कालो इतिहासमा परिणत भएको छ ।
कोरोना प्राकृतिक वा अप्राकृतिक ( झिनोमसिनो स्वरमा कोरोना भाइरस Man Made पनि भनेका छन् । अमेरिकी राष्ट्रपति ले त यो चिनियाँ भाइरस पनि भन्न भ्याएका छन तर यो आरोप तथ्यपरक छैन जसरी माथि भनिएजस्तै विभिन्न कालखण्डमा देखा परेका माहामारीजस्तै यो कोरोना भाइरस पनि प्रकृतिबाटै सृजित महामारी रोग हो भन्दा नै सान्दर्भिक हुन्छ । किनकी यसले कुनै भूगोल, जात, धर्म, वर्ण लिङ्ग, धनी, गरिब, वाद, दर्शन,उचनिच, ओहदा केही नभनी समान रुपले फैलिएको छ र अझै कति समयसम्म कालोदिनमा बस्नुपर्ने हो ? या पुरै मानव सभ्यता नै समाप्त त हुनेहोइन ? भगवान भरोसा (औषधी नबनुन्जेल) मा छाडिदिनु भन्दा बिकल्प छैन । प्रकृतिले दिएको मात्रै छ, ब्रह्माण्डमा भएका ग्रह, उपग्रह मध्ये पृृथ्वी आफैमा एउटा अनुपम, अलौकिक, सौन्दर्यले भरिभराउ स्वर्ग हो । पृृृथ्वीमा भएका प्राणी मध्ये मानिस सर्बश्रेठ विवेकशील, चेतनशील प्राणी हा े। प्रकृृृृति अनुशासित छ र पृथ्वीमा बस्ने सम्पूर्ण जिबजन्तु, बनस्पतिलाई जीवन जिउने कला, बाच्नेकला र विकास गर्ने कला सिकाएको छ । प्रकृतिले जन्मदेखि मृत्युसम्म चाहिने गाँस, बाँस, कपास सबै प्राणिको लागि ब्यवस्था गरेको छ । प्रकृति र पृथ्वी मान्छे नभए पनि बाच्द छ तर मान्छे प्रकृति र पृथ्वीवीना बाच्न सक्दैन ।

प्रकृति किन यति धेरै निर्मम र निष्ठुरी

वैज्ञानिक चाल्र्स डार्बिनले पत्ता लगाए अनुसार आज भन्दा १० लाख बर्ष पहिले दक्षिण अफ्रिकाको बाँदर र चिम्पाञ्जीबाट विकशित भै ढुङ्गे, पशुपालन, कृषि हुँदै आजको औधोगिक मानव सभ्यतामा आइपुगेको हो । मानव विकाश क्रमको तीन चरणसम्म प्रकृतिमाथि थिचोमिचो, दमन, अतिक्रमण, दोहन, अन्याय, अत्याचार भएको थिएन । जब मान्छे विकास क्रमको होड्बाजिमा आजको औद्योगिक युगमा आइपुग्यो तब पृथ्वी र प्रकृतिमाथि सबैखाले दमन भयो । बनजंगल तीब्र फडानी, नदीनालाको दोहन, हिमशृंखला र समूद्रहरुमा नस्ट भएरै नजाने फोहरको भण्डारण, जल, थल र उभएचर प्राणिको आहारबिहार र बासस्थान माथि तीब्र अतिक्रमण गरि मान्छेले आफ्नो स्वार्थपूर्ति गर्ने होडबाजीमा छ र प्रकृतिको चक्रीय प्रणाली (Ecosystem) नै तोडफोड गरि क्षतविक्षत बनाइदिएको छ । प्रकृतिले बिष पनि उत्पादन गर्छ अमृत पनि उत्पादन गर्छ, भाइरस पनि जन्माउ छ । (भाइरस निको पार्ने जडिबुटी पनि उमार्छ । कुनै जनावरले काचै खान्छन् कुनैले पकाएको खान्छन्, कुनै जिबजन्तु (पशुपञ्छि आलो खान्छन् भने कुनैले सिनो, सलेगडेको खान्छन्, कुनै जिबजन्तु साहाकारी छन कुनै माम्साहारी, कुनै जिबजन्तु सर्बपक्षय छन, कुनै सर्बभक्छी छन । प्रकृतिले एकको बिरुद्धमा अर्काे अनि एकका लागि सबै र सबैका लागि एकको सिदान्त प्रतिपादन गरेको छ । पृथ्वीमा बस्ने जिब निर्जीव सबै चक्रीय प्रणाली (Ecosystem) मा अडेको छ । मान्छेले यो नियमलाई नमान्दा बेलाबेलाम विभिन्न प्राकृतिक प्रकोप, विभिन्न रोगब्यादी महामारी हुदै आएको छ र यो (कोभिड १९) कोरोना भाइरस पनि यसैको एउटा ज्वलन्त उदाहरण हो । कोरना भाइरस सर्प र चमेरोको फ्यूजनबाट मानिसमा आएको कुरा पनि आइरहेको छ यसो हेर्दा हो जस्तो पनि लाग्छ । किनकी चाइनामा अत्याधिक मात्रमा पशुपन्छी, जिबजन्तुहरुको मासु सेवन गरेका देखिन्छन् अथवा जब जिवजन्तु ,पशुपन्छीहरुले खाने आहारबिहार बस्ने बासस्थान माथि मान्छेद्वारा अतिक्रमण हुन्छ तब उनीहरु मान्छेको छेउछाउ बस्तिनजिक आउछन र विभिन्न रोगब्यादी सार्न पुग्दछन् अथवा वातावरणीय प्रदुषणबाट हुने जैविक परिवर्तनको कारण ले पनि विभिन्न रोगब्यादी हुँदै कोरोना भाइरसको जन्म भएको हुनसक्छ ।
हामी पूर्वीय सभ्यता र दर्शनकोको पनि अनुयायी हौ । पूर्वीय दर्शनले भन्छ जीवन जगत सत्य छ हामी मानव भगवानका सृजना हौं, शरीर मरणशील छ आत्मा अमर छ । त्यसैले बेलैमा सोचौं जन्मदेखि मृत्युसम्म चाहिने प्रकृतिमाथिको अतिक्रमण बन्द गरौं । विकास र अर्थतन्त्रको मोडेल प्रकृतिमय बनाऔं (भविष्यमा कोरोनारुपी महामारीबाट बचौं र बचाऔं ।

Lockdown मा मस्त निधाएको सरकार

कोरोनाले चीनमा जब महामारीको रुप धारण गर्दैगर्दा चीनमा अध्ययनरत नेपाली विद्यार्थीलाई नेपाल ल्याउदै गर्दा नै थाहा थियो कि कोरोना भाइरस कति खतरनाक छ भनेर । त्यसपछि जब यो युरोप हुँदै अमेरिका करिब १०५ राष्ट्रमा फैलिएर महामारिको रुप लियो त्यसपछि विश्वस्वास्थ संगठन (WHO)० ले कोरोनाले विकराल रुप लिदैछ, नेपाल उच्च जोखिममा छ भनेर पटक–पटक सचेत गराउदै आयो । त्यतिमात्रै होइन संसद भवनमा नेपाली काँग्रेसका नेता गगन थापाले मननयोग्य सुझाब पेश गरेर सरकारलाई कार्यान्वयन लागि नभनिएको होइन । साथै डा. देबेन्द्र पान्डे लगायत विभिन्न डाक्टर नागरिक अगुवाहरुले पनि भनेका भन्यै थियो तर सरकार सुनेनसुनेको झै बसिनै रह्यो । बल्लतल्ल चैत्र ११ गतेबाट लकडाउन सुरु भयो । र चाइनाबाट करिब आधा अर्ब भ्रष्टाचार हुनेगरी अर्को घरानिया ग्रुप ओमनि मार्फत स्वास्थ सामाग्री झिकायो र भ्रष्टाचाररुपी तेल कानमा हालेर कुम्भकर्णजस्तै सुतेर बस्यो अनि सरकार प्रमुख धृतराष्ट्र शैलीमा अहिलेसम्म १ जना पनि नमरेका कारण सरकार सफल भएको भ्रष्टाचारको नाममा बेमौसमी बाजा नबजाउन भन्दै दम्भ दिन छोडेका छैनन् । मलाई भन्न मन लाग्छ कोरोना भाइरस जति खतरापूर्ण छ यो त्यत्तिकै स्वाभिमानी पनि छ । यो मान्छे जस्तो लखरलखर हिड्दैन । कित यसलाई निम्तो पठाउनु पर्छ कि त आफै गएरसँगै लिएर आउनुपर्छ । हामीले रोकथामको प्रसस्तै समय पाएका थियो । सरकारको गैह्रजिम्मेवारपूर्ण काम गराइले second step  मा आइपुगेका छौं । र माथि भनिएजस्तै विदेशबाट आउने नेपालीहरुलाई सँगैै कोरोना लिएर आऊ Airport र सिमा नाकामा चेकजाँच हुदैन र अभिलेख पनि राखिदैन निस्फिक्री घुम जब कोरनाको लक्षण देखापर्छ अनि जाचौला । हुुुन पनि अहिलेसम्म त्यस्तै भैरहेको छ । बिदेशबाट करिब ५ लाख नेपाली भित्रिएका छन तिनीहरु कहाँ कहाँ गए, को–कोसँग सम्पर्क भयो कुहिराको काग भएको छ सरकार ।

अब नसुत सरकार

हुुुन त यो सरकारलाई नत कुुुनैै ज्ञान छ , नत सहि शुझाब सुन्छ । अरब अरबमा भ्रष्टाचार गर्न सक्ने, सरकारी जग्गा कौडिको भाउमा हडप्न दिनसक्ने, कुखुराको भालेमा कर लगाउन सक्ने, १८ करोडौंमा गाडी खरिद गर्न सक्ने, शितलनिवास र Airport को लागि हिलेकप्टर राख्न सक्ने, आफ्नो birthday मा हेलिकप्टरमा केक ओसार्न सक्नेले पूर्व सूचना पाउँदापाउदै पनि नालायकिपन कतिन्जेलसम्म देखाइराख्ने सरकार जनता जान्न चाहन्छन् । अझै सपार्न सकिने ठाउँछ, उठ सरकार उठ जुरुकै उठ, जुरमुराएर लाग, विज्ञहरुको सल्लाह लेउ, विदेशी (चाइना) सँग सल्लाह माग, अरिङ्गालहरुलाई पोस्न राखेको संसद विकास कोषको पैसा निकाल, दैबि प्रकोप ऐनलाई लागू गर, सामाजिक सुरक्षा कोष (Social security found) मा भएको पैसा निकाल, सम्पूर्ण सासद, मन्त्री, स्थानीय पदाधिकारिहरुको कम्तिमा ६ महिनाको तलब जम्मा गर, सम्पूर्ण स्वास्थकर्मी, सुरक्षा कर्मीहरुर्लाइ आपतकालिन राहातको बेवस्था गर, भोकभोकै खान नपाएकाई खानाको बेबस्था गर, स्वास्थ्य सामग्री, औषधी, उपकरण, तुरुन्त झिकाउ, विदेशबाट आएकाको पहिचान गरि स्वास्थ चेकजाँच गर, Lockdown लाई अझै कडाइ गर ।
अन्त्यमाः त्यस्तो दिन नआओस जसरी अमेरिका, युरोप लगायतले भोग्नु परेको महामारी जस्तो नहास् । आँखाबाट धृतराष्ट्ररुपी पट्टि निकालेर कृष्ण बनि मन्त्रीमण्डललाई दुर्योधन होइन कि अर्जुन जस्तो बनाएर कोरोना (कोभिड १९) महामारीबाट बच्नु र बचाउनु नै आजको सबैभन्दा ठूलो काम हो भनेर लाग सरकार । कोरोनाले प्रधानमन्त्री, मन्त्री भन्दैन । हम त डुबगया सनम तुमको भि साथ लेजाएङ्गे जस्तो नहोस । चेतना भया, जय नेपाल ।
लेखकः नेपाली काँग्रेस जिल्ला कार्य समिति, रामेछापका प्रवक्ता हुनुहुन्छ ।

प्रतिकृया

Add