इंग्लिस प्रिमियर लिगमा सुखद बन्दै चल्सीको यात्रा

 आइतवार, चैत्र ६, २०७३ | onlinenews

चैत ६ –
चेल्सीले इंग्लिस प्रिमियर लिगको उपाधि यात्रा थप बलियो बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको स्टोक सिटीलाई २–१ ले हराएको चेल्सीले १३ अंकको अग्रता कायम गरेको हो । स्टोकको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन विलियन र ग्यारी काहिलले गोल गरे ।
स्टोकका लागि जोन वाल्टर्सले एक गोल गरे । इन्जुरी समयमा फिल ब्राडस्ली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्टोक १० खेलाडीमा सीमित भयो । १३ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पाएको पेनाल्टी अवसरमा वाल्टर्सले स्टोकका लागि बराबरी गोल फर्काए ।
अन्तिम समयसम्म १–१ को बराबरी भएको खेलमा काहिलले चेल्सीका लागि विजयी गोल गरे । काहिलले ८७ औं मिनेटमा गरेको गोल चेल्सीको उपाधि यात्रा बलियो पार्नका लागि सहयोगी बन्यो । जितपछि शीर्ष स्थानको चेल्सीको २८ खेलबाट ६९ अंक भएको छ । एक खेल कम खेलेको दोस्रो स्थानको टोटनह्यामको ५६ अंक छ । २९ खेलबाट ३६ अंकसहित स्टोक नवौं स्थानमा छ ।

प्रतिकृया

Add