कान्छा नेपालको पहिचान फेरिएको छ

 बिहिबार, बैशाख ४, २०७७ | onlinenews

कान्छा अहिले नेपालको पहिचान फेरिएको छ
हिमाल पहाड अनि तराई अजिंगरले घेरिएको छ
भन्थ्यौं हामी नेपाल ४ वर्ण ३६ जातको पूmलबारी
त्यो पूmलबारी फेरिएर बनेको छ रक्षानको घारी
हो कान्छा त्यही भएर त नेपालको पहिचान फेरिएको छ

वीर वीरंगनाको इतिहास बोकेको देश नेपाल हाम्रो
गौतम बुद्ध र सगरमाथाले संसारलाई चिनाएको देश हाम्रो
नदी, नाला र बनजंगलले संसारलाई लोभ्याएको देश हाम्रो
वीर पूर्खाहरुले रगतको खोला बगाएर आर्जेको देश हाम्रो
त्यो बेलाको नेपाल र अहिलेको नेपालको पहिचान फेरिएको छ
पानी पँधेरीदेखि सिंहदरवारसम्म भ्रष्ट्रचारको सञ्चालले घेरिएको छ
त्यसैले त कान्छा अहिले नेपालको पहिचान फेरिएको छ

नेपालको जनसंख्या पौने तीन करोड, ती सबै भिखारी छन्
त्यसमा म पनि पर्छु र तिमी पनि, हामी सबै माग्ने सबै भिखारी
राज्य सत्ता सञ्चालकहरु बनेका छन् सबै नेपाल आमाको सिकारी
नेपाल आमाको मुटु, कलेजो, फोक्सो सबै लुछेर सकियो
फेरि तीनै भनिरहेका छन् भोकभोकै परियो
खोला, नाला, नदी खाए, बनजंगल स्वाहा पारे
कोही खान्छन् अलकत्रा, कोही खान्छन् ढुङ्गा गिटी
तीनै फेरि भगवान भनि माग्छन् सारासँग भेटी
उबेला रामको राज्य थियो, अहिले रावणको राज छ
त्यसैले त कान्छा अहिले नेपालको पहिचान फेरिएको छ

भान्छामा बासमति चामल पाक्छ तर सोनामन्सुली चामलको राहात थाप्छ
गलामा ५ लाखको साङ्लो झुन्ड्याउनेहरु ५ किलो चामलको लागि लाइन बस्छ
यहाँ कर्मचारी माग्ने शिक्षक माग्ने जमिन्दार माग्ने उद्योगि ब्यापारी सबै माग्ने
विचरा अन्नको दाना नपरेको पेटहरुको मर्का कस्ले बुझ्ने
यता फर्कियो लूट उता फर्कियो लुट
त्यसै गाएका होइन रहेछन् पशुपति शर्माले गीत
जता हे¥यो त्यही लुट्नेहरुको राज छ
त्यसैले त कान्छा अहिले नेपालको पहिचान फेरिएको छ

देश अहिले लकडाउनमा छ
उद्योग ब्यवसाय सबै बन्द छन्
ज्याला मजदुरी गरेर छाक टार्नेहरुको लागि
कोरोना भन्दा पेट पाल्ने समस्या टट्कारो छ
सरकार गफ लगाउँछ भोका पेटहरु छटपटाउँछन्
सरकार भन्छ भोक र रोगले कोही पनि मर्नुपर्दैन
तर मजदुरको भोको पेटमा अन्नको दाना पर्दैन
त्यसैले त कान्छा अहिले नेपालको पहिचान फेरिएको छ

छाक टार्न गह्रो हुनेको लागि सरकारले राहत प्याकेज ल्याएको छ
फेरि देख्छु म हुनेखानेहरु नै राहतको लागि धाएको छ
सरकारको हातमा राहत पाउने वालाको लामो लिष्ट छ
त्यो लिष्ट पनि शिक्षक, कर्मचारी र पेन्सनवालाहरुको नामले भरिएको छ
जो भोको पेट मिचेर बसेको छ, राहात के हो थाहा छैन उसलाई
तर राहातको निहुँमा उसैको नाम बेचिएको छ
त्यसैले त कान्छा अहिले देशको पहिचान फेरिएको छ

नेपालीले अब आफ्नो स्वाभिमान भूलिसकेका छन्
ब्यापारी आपैmले बेचेको चामल राहत थाप्न कुद्छन्
हुने खाने गन्य मान्य सबै भिखारी
नेपालीमा दया, माया, सद्भाव र परोपकारी भाव हरायो
भूकम्प र कोरोनाले सब नेपालीलाई माग्ने बनायो
हुनेखाने सबै जोगी, सबै भिक्षु, सबै गरीब
अनि वास्तविक गरिबले न्याय कसरी पाउँछ
त्यसैले त कान्छा देशको पहिचान फेरिएको छ

दिनेबेला गरिब, लिनेबेला गरिब
नेपालका हुनेखाने यस्तै नै छन् करिब
जसरी नि नाङ्गै, भोकै मर्नुपर्ने रहेछ तीनै गरिब
अति भो अब वनावटी गरिबीको रंगमञ्च बन्द गर
जो हो गरिब पहिचान गरि राहत दिने आँट गर
गरिबको आवाज सुनिदिने यहाँ को नै छ र
बिचरा गरिब ठूलाबडाका लागि सधैभरी बेचिनु परेको छ ।
त्यसैले त कान्छा अहिले नेपालको पहिचान फेरिएको छ

 

प्रतिकृया

Add