हेमन्त आचार्यको कोरोना सन्देश गीत ‘विश्व अहिले भाछ त्रसित’

 शुक्रबार, बैशाख ५, २०७७ | onlinenews

५ वैशाख, रामेछाप–सर्जक हेमन्त आचार्यले कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत बजारमा ल्याएका छन् । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरसले विश्वभरी सन्त्रास छाइरहेको बेला सर्जक आचार्यले कोरोना भाइरस विशेष सन्देशमूलक दोहोरी गीत ‘विश्व अहिले भाछ त्रसित’ बजारमा ल्याएका हुन् ।
शब्द तथा लय सर्जक हेमन्त आचार्यको रहेको ‘विश्व अहिले भाछ त्रसित’ दोहोरी गीतमा इन्द्र जिसी र लक्ष्मी आचार्यले स्वर दिएका छन् । हुम गैरेले निर्देशन गरेको ‘विश्व अहिले भाछ त्रसित’ गीतको भिडियो छायांकन विक्रम काउछाले गरेका हुन् । गायक इन्द्र जिसीको एरेञ्जर रहेको गीतको मुभी निर्माण विशाल म्यूजिक प्रा.वि. अनामनगरले गरेको हो । ‘विश्व अहिले भाछ त्रसित’ म्यूजिक भिडियो टि टाइम म्यूजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

प्रतिकृया

Add