इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मिडिल्सब्रोलाई हराउँदै म्यानयु पाँचौ स्थानमा उक्लियो,

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

चैत ६, काठमाडौं,
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबारको खेलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ । रेलिगेसनको खतरामा रहेको मिडिल्सब्रोलाई ३–१ ले हराउँदै म्यानचेष्टर युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ५२ अंक छ ।
२८ खेलबाट ६९ रन बनाएको चेल्सी शीर्ष स्थानमा छ भने २७ खेलबाट ५० अंक बटुलेको आर्सनल म्यानचेष्टर युनाइटेडभन्दा मुनि छ । म्यानचेष्टर युनाइटेडलाई जिताउन मारोउने फेलानी, जेस लिंगार्ड र एन्टोनी भ्यालेन्सियाले गोल गरे । मिडिल्सब्रोका लागि रुडी जेस्टेडले सान्त्वना गोल फर्काए ।
खेलमा ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि गोल गर्न नसक्दा मिडिल्सब्रो पराजित भयो । लिगमा खराव प्रदर्शन गर्दै आएको मिडिल्सब्रोले प्रशिक्षक ऐइटर करान्कालाई बर्खास्त गरेको छ । तर प्रशिक्षक हटाएपछिको पहिलो खेलमा पनि उ पराजित भयो ।

प्रतिकृया

Add