विदेशमा रहेका २८ जना नेपालीको कोरोनाबाट मृत्यु १ हजार संक्रमित

 आइतवार, बैशाख ७, २०७७ | onlinenews

७ वैशाख, काठमाडौं–विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) शनिबारसम्म विदेशमा रहेका २८ जना नेपालीको ज्यान गएको छ ।
कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकमा बेलायतमा १७, अमेरिकामा ८, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा १ जनाको ज्यान गएको बताइएको छ ।
स्वास्थ्य उपसमितिका अनुसार नेपालबाहेक विश्वभर एक हजार १ सय ६६ गैरआवासीय नेपाली अहिले कोरोनाबाट संक्रमित छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सको समूहले तयार पारेको सो आकडानुसार २१ देशमा रहेका नेपाली कोभिड –१९ बाट संक्रमित रहेको उच्चस्तरीय समितिले जनाएको छ ।

प्रतिकृया

Add