दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी

 सोमवार, चैत्र ७, २०७३ | onlinenews
Share this

चैत ७, दर्जन उद्योगपति फोरम प्रवेश स् यादवले दिए हतियार उठाउने चेतावनी
वीरगञ्ज – वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका चर्चित अ‍ैद्योगिक घरानाका करिब एक दर्जन उद्योगपति र व्यवसायी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

पर्साको पोखरियामा आइतबार फोरम नेपाल पर्साले आयोजना गरेको वृहत् पार्टी प्रवेश तथा आमसभामा जगदम्बा, सरावगी, अग्रवाललगायत औद्योगिक घरानाका सञ्चालक फोरम नेपालमा प्रवेश गरेका हुन् ।

सरावगी ग्रुपका संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य विजय सरावगी, जगदम्बा इन्टरप्राइजेज प्रालिका सञ्चालक रमेश अग्रवाल, जगदम्बा ट्रेडिङ कम्पनी प्रालिका सञ्चालक प्रतीक अग्रवाल, वीरगञ्ज उद्योग वाणिज्य संघका कोषाध्यक्ष रवि वर्णवाल, माँ दुर्गा फुड्स प्रालिका सञ्चालक अंकित अग्रवाल, राजेश हार्डवेयर प्रालिका पुरन अग्रवाल, कलश सिमेन्ट प्रालिका सञ्चालक अंशुमान अग्रवाल, नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार हरिनारायण रौनियारसहित उद्योगी न्यनसायी फोरम नेपाल प्रवेश गरेका हुन् ।

‘अब मधेसीले हतियार उठाउँछन्’
आमशभामा सम्बोधनमा क्रममा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन ठूला दलले मधेसीमाथि विभेद गर्न नछडे त्यसविरुद्ध मधेसी जनताले हतियार उठाउने चेतावनी दिएका छन् ।

Share this

प्रतिकृया

Add